राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं - राष्ट्रिय सभाको बैठक आज बस्दै छ । आज दिउँसो १ः१५ बजे बैठक बस्नेछ । आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।
यस्तै बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्नेछन् ।
यसै गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२ ०७:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय