
विराटनगर- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यप्रति जनताको विश्वास दैनिक रूपमा कमजोर हुँदै गएको बताएकी छीन् । पूर्वराष्ट्रपति भण्डारीले उद्घोष दैनिक पत्रिकाको वार्षिकोत्सवलाई सम्बोधन गर्दै सुशासन र पारदर्शीताको अभावले नागरिकको विश्वास कमजोर भएको बताएकी हुन् । जनताप्रतिको कमजोर जवाफदेहिताले गम्भीर नागरिक निराशा उत्पन्न भएको बताइन् ।
‘राज्यप्रतिको विश्वास दिनदिनै कमजोर हुँदै गएको छ र असन्तोष क्रमशः बढ्दो छ,’ उनले भनिन्,‘ जबसम्म सुशासनलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न सक्दैनौँ, तबसम्म विकास, न्याय र समानताको जनअपेक्षा पूरा हुने सम्भावना न्यून रहन्छ।’
नेपालको विकासमा विभिन्न चुनौती र अवरोध रहेको उनको भनाइ छ। ‘नेपालको समग्र विकासको मार्गमा आज पनि विभिन्न चुनौती र अवरोधहरू रहेका छन्। जसमा राजनीतिक अस्थिरता, सुशासन र पारदर्शी ताको कमी, भ्रष्टाचार, आर्थिक असमानता, सामाजिक पछौटेपन तथा ग्रामीण र सहरी विकासमा असन्तुलन मुख्य कुरा हुन्, । उनले भनिन्,‘ यी चुनौतीहरूले राष्ट्रिय स्रोतको सदुपयोगमा बाधा पुर्याउने मात्र नभई दिगो विकासका लक्ष्यहरू हासिल गर्न पनि कठिनाइ उत्पन्न गरिरहेको छ।’