Harsamaya
आज दुई वटा संसदीय समितिको बैठक बस्दै
संघीय संसद सचिवालय ।

 

काठमाडौं - प्रतिनिधि सभा अन्तर्गत आज दुई समितिको बैठक बस्ने भएको छ । मङ्गलबार अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्न लागिएको हो ।

आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक दिउँसो ३ बजे समितिको बैठक कक्षमा बस्ने तय भएको छ ।

यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक २०८१ को दफावार छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १ बजे बस्ने तय भएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update