Harsamaya
अठार वर्षपछि हुग्दीशिर–शान्तिपुर सडकमा कालोपत्र गरिँदै
अठार वर्षपछि हुग्दीशिर–शान्तिपुर सडकमा कालोपत्र गरिँदै बरेङ गाउँपालिका–२ हुग्दीशिरबाट गुल्मीको शान्तिपुर जोड्ने सडक ‘ट्रयाक’ खुलेको १८ वर्षपछि कालोपत्र गर्न थालिएको छ ।  सडक कालोपत्र गर्न रु ८१ लाख ८५ हजार एक सय ९८ मा सम्झौता भएर काम थालिएको हो । आगामी वैशाख १५ गतेसम्ममा काम सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।
कालीगण्डकी कोरिडोर अन्तर्गत नयाँ कालोपत्र: माझीबस्ती–खनियाघाट र बोक्से–सिगाना सडकमा सुधार
कालीगण्डकी कोरिडोर अन्तर्गत नयाँ कालोपत्र: माझीबस्ती–खनियाघाट र बोक्से–सिगाना सडकमा सुधार मालढुंगा-बेनी सडक अन्तर्गत माझीबस्ती-खनियाघाट खण्डमा कालोपत्र भएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत यो खण्ड कालोपत्र भएको हो ।  कुश्मा नगरपालिका-१ माझी बस्तीबाट जलजला गाउँपालिका-८ खनिया घाटसम्म दुई किलोमिटर कालोपत्र भएको हो । 
सतिघाटमा पक्की पुल अभाव : उत्तरी भोजपुरका नागरिकको दैनिकी संकटमा
सतिघाटमा पक्की पुल अभाव : उत्तरी भोजपुरका नागरिकको दैनिकी संकटमा भोजपुर-सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयलाई समस्या भएको छ । उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको यो स्थानमा पक्की पुल नहुँदा नागरिकले बर्सेनि दुःख भोग्दै आएका छन् । वैकल्पिक उपायको रुपमा यहाँ करिब छ वर्षअघिबाट फेरी सञ्चालन गरिएको छ । तर, विभिन्न प्राविधिक...
सडकले बदल्यो बोबाङ गाउँको मुहार
सडकले बदल्यो बोबाङ गाउँको मुहार जिल्ला सदरमुकाम बागलुङ बजारदेखि झन्डै एक सय पाँच किलोमिटर पश्चिममा पर्छ ‘बोबाङ गाउँ’ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वारका रूपमा रहेको बोबाङ गाउँ एक दशक अगाडिसम्म निकै विकट मानिन्थ्यो । तर पछिल्लो समय विकासले गति लिन थालेपछि यस गाउँको मुहार फेरिएको छ । बाक्लो जनजाति र दलित समुदायको...
खाँदबारी–किमाथाङ्का सडक निर्माणमा तीव्रता दिन मन्त्री खड्काको पहल
खाँदबारी–किमाथाङ्का सडक निर्माणमा तीव्रता दिन मन्त्री खड्काको पहल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले संखुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गरेका छन् । ऊर्जामन्त्री खड्काले शुक्रबार रक्षामन्त्री मानवीर राईलाई भेटेर खाँदबारी–किमाथाङ्का सडक निर्माणको गति सुस्त भइरहेकाे भन्दै रक्षामन्त्री राईको ध्यानाकर्षण गराए । उक्त सडक नेपाली सेनाले निर्माण गरिरहेको छ ।
Weather Update