
काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । सिन्धुलीमा निर्माणाधीन सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको स्थलगत अवलोकन तथा निरीक्षण गर्दै उनले कामलाई तीव्र गतिमा अगाडि बढाएर तोकिएकै समयमा आयोजना सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन् ।
‘आयोजना निर्माणको कामलाई तीव्र गतिमा अगाडी बढाउनुस्, काम तकिएकै समयमा सक्नेगरि लाग्नुस्,’ काम गर्ने स्पिड बढाउनुस्, कार्य प्रगतिको आधारमा बजेटको अभाव हुँदैन,’ मन्त्री खड्काले भने । ऊर्जामन्त्री खड्काले आयोजनाको १३.२ किलोमिटर सुरुङ निर्माण सकिएकोले अब हेडवक्सको काम तीव्र गतिमा सक्न ठेकदार कम्पनीलाई निर्देशन दिए ।
उक्त आयोजनाबाट एक लाख २२ हजार हेक्टर सिचाई हुने, ३२ मेगावाट विद्युत् उत्पादन हुने र कुल पानीको १० प्रतिशत खानेपानी सुविधा उपलब्ध गराउने भएकोले सबै मिलेर काम गर्नुपर्ने बताए ।