Harsamaya
पौवादुङमाद्वारा किसानलाई उन्नत जातको गाई वितरण
पौवादुङमाद्वारा किसानलाई उन्नत जातको गाई वितरण भोजपुर पौवादुङमा गाउँपालिकाले दूधमा आत्मनिर्भर बन्दै किसानलाई आयआर्जनमा जोड्न उन्नत जातको गाई वितरण गरेको छ । यहाँका पशुपालनका लागि उपयुक्त मानिने तीन वडाका ७५ किसानलाई पहिलो चरणमा उन्नत जातको गाई वितरण थालेको हो ।
बाघ खोज्न चार स्थानमा क्यामेरा जडान
बाघ खोज्न चार स्थानमा क्यामेरा जडान बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएपछि बाघ खोज्न सुरु गरिएको छ । महिलालाई आक्रमण गर्ने बाघले अन्य मानिसलाई पनि आक्रमण गर्ने सम्भावना रहेकाले खोजी सुरु गरिएको राप्तीसोनारी सव डिभिजन वन कार्यालय, शमशेरगन्ज बाँकेले जनाएको छ ।
सोनाम ल्होसारका अवसरमा मकवानपुरको राक्सिराङमा तीन दिन बिदा (विज्ञप्तिसहित)
सोनाम ल्होसारका अवसरमा मकवानपुरको राक्सिराङमा तीन दिन बिदा (विज्ञप्तिसहित) मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ।
आजदेखि ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’
आजदेखि ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ इलामको चुलाचलीमा आजदेखि तेस्रो संस्करणको ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ आयोजना हुँदैछ । आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर चुलाचुली रङ्गमञ्चले दुई दिने नाट्य महोत्सव संयोजन गरेको हो ।
अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’
अछाममा दुई किशोरीको मृत्यु प्रकरण : तीन दिनसम्म घटनाबारे डिएसपी ‘मौन’ ढकारी-१ को छिन्ने जंगलमा शनिबार साँझ ढकारी गाउँपालिका-८ पल्साताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्का मृत फेला परेका स्थानमा स्थानीयवासीको भिड ।
सभापति कपमा आज सङ्कटा र मच्छिन्द्र आमुनेसामुने हुने
सभापति कपमा आज सङ्कटा र मच्छिन्द्र आमुनेसामुने हुने सभापति कपमा आज संकटा क्लब र मच्छिन्द्र क्लब आमुने सामुने हुने भएका छन् ।  नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घको योजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगितामा आज संकटा र मच्छिन्द्र आमुन्ने सामुन्ने हुन लागेका हुन् । 
ग्रामीण कृषिः ‘लिफ्ट’सिँचाइले फेरियो मेटेराको मुहार
ग्रामीण कृषिः ‘लिफ्ट’सिँचाइले फेरियो मेटेराको मुहार दाङको तुलसीपुर उपमहानगरपालिका- १४ मटेराका ५२ वर्षीय पुर्णबहादुर चौधरी खेती किसानी गर्छन् । उनले तोरी, चना, केराउ खेतीबाट राम्रै आम्दानी गरेका छन् । लिफ्ट सिँचाइले उनी सफल किसान बनेका हुन् ।
जङ्गी अड्डामा फोटो प्रदर्शनी, प्रवेश निःशुल्क
जङ्गी अड्डामा फोटो प्रदर्शनी, प्रवेश निःशुल्क नेपाली सेनाले भोलि मंगलबारदेखि फोटो तथा वृहत् प्रदर्शनी आयोजना गर्ने भएको छ । सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रदर्शनी यही माघ १८ गतेसम्म जङ्गी अड्डामा जारी रहनेछ ।
बोयर जातको बोकाको माग उच्च
बोयर जातको बोकाको माग उच्च तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्रा र बाख्रासँग सम्बन्धित अनुसन्धान गर्दै आएको छ । प्रविधि विकास तथा उन्नत र स्थानीय जातका प्रजननयोग्य बोका, पाठी तथा घाँस बेर्ना वितरणका साथै स्थानीय जातको संरक्षण पनि केन्द्रले गर्दै आएको छ ।
घुन्सा खोला जलविद्युत् आयोजनालाई रकम जुट्यो
घुन्सा खोला जलविद्युत् आयोजनालाई रकम जुट्यो वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो ।
ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व संकलन प्रभावित
ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व संकलन प्रभावित ठाडी भन्सारमा ‘प्लान्ट क्वारेन्टिन’ नहुँदा राजस्व संकलन प्रभावित भएको छ । यद्यपि सिरहा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रामशंकर यादवले सिरहास्थित ठाडी भन्सार कार्यालयमा खाद्य तथा प्लान्ट क्वारेन्टिन स्थापनाको प्रयास जारी रहेको जनाउँदै सम्बन्धित निकायमा त्यसनिम्ति आवश्यक प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 
सभामुखले आज ५ प्रमुख दलका सचेतकसँग छलफल गर्दै
सभामुखले आज ५ प्रमुख दलका सचेतकसँग छलफल गर्दै हिउँदे अधिवेसनका लागि तयारी तिब्र पारिएको छ । माघ १८ गते देखी सुरू हुने हिउँदे अधिवेसनका लागि सभामुख देबराज घिमिरेले सक्रियता बढाएका छन । 
Weather Update