Harsamaya

रसुवा - रसुवाको नौकुण्ड गाउँपालिकाले राष्ट्रिय परिचयपत्र सम्बन्धित वडामा गएर बुझ्न आह्वान गरेको छ । गाउँपालिकाको कार्यालयले सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय धुन्चे र  नौकुण्ड गाउँपालिकाको वडाहरूमा विवरण संकलन भएका राष्ट्रिय परिचयपत्र तोकिएको मितिमा सम्बन्धित वडाहरूमा गएर बुझ्न आह्वान गरेको हो ।

सक्कल नेपाली नागरिकताको प्रमाणपत्र र परिचयपत्र आवेदन फर्मसहित स्वयं व्यक्ति उपस्थित भई आफ्नो परिचयपत्र कार्ड सम्बन्धित वडा कार्यालयबाट बुझ्न सूचना मार्फत आह्वान गरिएको छ ।

२०८२ वैशाख २१, २२ र २३ गते नौकुण्ड गाउँपालिका २ यार्सा,  वैशाख २५, २६ र २८ गते नौकुण्ड ३ पारच्याङमा राष्ट्रिय परिचयपत्र वितरण गर्ने जनाइएको छ । यस्तै वैशाख ३१, जेठ १, २ र ४ गते नौकुण्ड ४ सरमथली, जेठ ६, ७, ८ र ९ गते नौकुण्ड ५ चिति र जेठ १२, १३, १४ र १६ गते नौकुण्ड ६ सस्र्यूमा वितरण हुने जनाइएको छ । नौकुण्ड वडा नं १ मा वितरण कार्य सम्पन्न भई सकेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update