अब अनलाइनबाटै डाउनलोड गर्न सकिने भयो ई–राष्ट्रिय परिचयपत्र
शुक्रबार, असार ५, २०८३
सहज सेवा उपलब्ध गराउने उद्देश्यले विभागको सिटिजन पोर्टलमार्फत परीक्षणका रूपमा उक्त सेवा सञ्चालनमा ल्याइएको जनाएको छ।
गाउँ–गाउँमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण सुरु, रामेछापका नागरिकलाई सहजता
मंगलबार, भदौ ३, २०८२
स्थानीय तहमा नै पुगेर परिचयपत्र वितरण र तथ्यांक संकलन गरिँदा नागरिकलाई सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । यसले सेवाग्राहीलाई प्रत्यक्ष लाभ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
राष्ट्रिय परिचयपत्र सम्बन्धित वडामा गएर बुझ्न नौकुण्ड गाउँपालिकाकाे आह्वान
बिहीबार, वैशाख १८, २०८२
सक्कल नेपाली नागरिकताको प्रमाणपत्र र परिचयपत्र आवेदन फर्मसहित स्वयं व्यक्ति उपस्थित भई आफ्नो परिचयपत्र कार्ड सम्बन्धित वडा कार्यालयबाट बुझ्न सूचना मार्फत आह्वान गरिएको छ ।
सेवाग्राही विदेशिएपछि पन्ध्र हजार परिचयपत्र थन्कियो
मंगलबार, माघ २९, २०८१
सेवाग्राही परिचयपत्र लिन नआएपछि जिल्ला प्रशासन कार्यालय बागलुङमा १५ हजार आठ सय ३८ राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फारम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद उपाध्यायले जानकारी दिए ।
टोकन प्रणाली लागू भएपछि सेवा प्रवाहमा सहजता
शुक्रबार, माघ १८, २०८१
जिल्ला प्रशासन कार्यालय महोत्तरीमा सेवा प्रवाहका लागि टोकन प्रणाली लागू भएपछि सहज रूपमा सेवा प्रवाह हुन थालेको छ । जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता बनाउने, नागरिकताको प्रतिलिपि लिने, राहदानी बनाउने, राष्ट्रिय परिचयपत्रलगायत कामकाज टोकन प्रणालीमार्फत सुरु भएपछि सेवा प्रवाह सहज भएको हो ।
राष्ट्रिय परिचयपत्रलाई रोक लगाउने सम्बन्धी रिट निवेदन खारेज
आइतबार, माघ ६, २०८१
अदालतले सो रिट खारेज गरेसँगै सरकारलाई काम अघि बढाउने बाटो खुलेको छ । सरकारले सामाजिक सुरक्षा भत्ता, मोबाइलको सिम कार्ड र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट दर्ता भएको थियो ।
लघुवित्त खाता खोल्न माघ १ देखि राष्ट्रिय परिचयपत्र अनिवार्य
शुक्रबार, पुस २६, २०८१
नेपाल राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि लघुवित्त वित्तीय संस्थामा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्नुपर्ने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आज एक निर्देशन जारी गर्दै राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचका आधारमा राष्ट्रिय परिचयपत्र वा सोको नम्बरको विवरण यकिन गरी अनिवार्य रूपमा र खाता खोल्ने व्यवस्था मिलाउनुपर्ने...
साताको लोकप्रिय

