Harsamaya
अब सगरमाथामा व्यावसायिक हेलिकोप्टर उडान गर्न नपाइने
व्यावसायिक हेलिकोप्टर उडान।सांकेतिक तस्वीर: हर समय/ Har samaya

काठमाडौं - पटक पटक व्यावसायिक हेलिकोप्टर उडान नगर्न खुम्बु पासाङल्हामु गाउँपालिकाले हेलिकोप्टर तथा ट्रेकिङ व्यवसायीलाई चेतावनी दिएको छ । सगरमाथा क्षेत्रमा १ जनवरीदेखि नै व्यावसायिक हेलिकोप्टर उडानहरू पूर्ण रूपमा प्रतिबन्ध गरिएको गाउँपालिका कार्यालयले जनाएको छ । 

खुम्बु गाउँपालिकाले आफ्नो क्षेत्र (सगरमाथा) भित्र अव्यवस्थित हेलिकोप्टर उडान नियन्त्रण गर्ने भन्दै जनवरीदेखि रेस्क्यु, कार्गो र माउन्टेन र को फ्लाइटबाहेक सबै प्रकारका व्यावसायिक उडानहरूमा प्रतिबन्ध लगाएको थियो । 

तर, केही हेलिकोप्टर र ट्रेकिङ व्यवसायीले अटेर गरेका कारण पुनः सूचना प्रकाशित गरेर तोकिएकाबाहेक अन्य उडान नगर्न ध्यानाकर्षण गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाका मेयर मिङ्माछिरी शेर्पाले बताए । उनले सम्पूर्ण सरोकारवालालाई रेस्क्यु, कार्गो र वानटच माउन्टेन फ्लाइटबाहेकका व्यावसायिक हेलिकोप्टर उडानसहितका प्याकेजहरू खरिद-बिक्री नगर्न पनि सूचित गरेका छन् । 

सूचनाको उल्लंघन गरी रेस्क्यु कार्गो र माउन्टेन फ्लाइटबाहेकका अन्य कुनै पनि व्यावसायिक हेलिकोप्टर उडान गरेमा त्यसबाट सिर्जना हुन सक्ने सबै परिस्थितिको जिम्मेवारी सम्बन्धित हेलिकोप्टर व्यवसायी, प्याकेज बिक्री गर्ने पर्यटन व्यवसायी र प्याकेज खरिद गर्ने पर्यटक स्वयंले भोग्नुपर्नेछ ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update