Harsamaya
सरकारले गर्ने भयो ‘कुकुर तिहार रिल प्रतियोगिता’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ ।

काठमाडौं - नेपालको मौलिक संस्कृति र पर्यटनलाई डिजिटल माध्यमबाट विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को पहलमा नेपाल पर्यटन बोर्डले प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा उत्कृष्ट रिल बनाउनेलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा सहभागी हुन कुकुर तिहारसम्बन्धी मौलिक भिडियो अंग्रेजी भाषामा तयार गरी फेसबुक वा इन्स्टाग्राममा #NepalFestival र #KukurTihar ह्यासट्यागसहित सार्वजनिक गर्नुपर्नेछ । भिडियोमा अंग्रेजी सबटाइटल वा भ्वाइसओभर अनिवार्य गरिएको छ ।

सहभागीले भिडियोको लिंक र डाउनलोड गर्न मिल्ने गुगल ड्राइभ लिंक [email protected] मा पठाउनुपर्नेछ । भिडियो पठाउने अन्तिम मिति नोभेम्बर २१, २०२६ तोकिएको छ ।

प्रतियोगितामार्फत नेपाली संस्कृति, कुकुरप्रतिको आत्मीयता र मौलिक परम्परालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १७, २०८३  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update