बैतडीमा भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु
बिहीबार, फागुन ८, २०८१
जिल्लाको डिलासैनी गाउँपालिका–३ सिमार प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार लोकेन्द्र बहादुर खडायतको बुधवार भिरबाट लडेर मृत्यु भएको छ। दार्चुलाको शैलशिखर नगरपालिका–१ बारिलका खडायत बुधबार साँझ घरबाट कार्यालय फर्किने क्रममा भिरबाट लडेर घाइते भएका थिए।
सुर्खेतमा लाग्यो नारा- ‘कर्णाली के भन्छ शेखर कोइराला ले भन्छ’ (तस्वीरहरू)
बिहीबार, फागुन ८, २०८१
जिल्ला सभापतिहरू खड्ग पोख्रेल (सुर्खेत), मणिराम रेग्मी (दैलेख), बेदराज सिंह (जाजरकोट), अम्ब शाही (कालिकोट), कर्णबहादुर शाही (जुम्ला), कोशी प्रदेश पूर्व मुख्यमन्त्री केदार कार्की, सुर्खेत पूर्व सभापति कमलराज रेग्मी, दैलेख जुम्ला पूर्व सभापति दिपबहादुर शाही, पूर्व सभापति कृष्णकुमार बिसी, मुगु पूर्व सभापति खड्गबहादुर शाही र तरुण दल पूर्व महामन्त्री भुपेन्द्रजंग शाही...
भक्तपुरमा नक्कली सुन देखाएर एक महिनादेखि ठग्ने दुई जना प्रहरी हिरासतमा
बिहीबार, फागुन ८, २०८१
‘एक महिनादेखि सुन छ, बजार मूल्यभन्दा सस्तोमा दिन्छौं भन्दै पहेंलो धातु देखाएर सर्वसाधारणलाई ठगी गरेको भन्ने उजुरी परेको छ,’ आचार्यले भने, ‘अहिलेसम्म के कति व्यक्तिलाई ठगी गरेको भन्ने विवरण संकलन भइरहेको छ।’
हनुमानढोका युवक मृत्यु प्रकरणः दुईजना प्रहरीको नियन्त्रणमा
बिहीबार, फागुन ८, २०८१
उनले भने, ‘हातमा सुजन शाक्य नाम लेखिएको छ, उनको पूरै परिचय खुलेको छैन, उक्त प्रकरणमा दुई जनालाई नियन्त्रणमा लिएर हामीले अनुसन्धान गर्दैछौँ ।’ मृतकको शरीरमा चोटपटक देखिएको प्रहरीले जनाएको छ ।
सेतोपुलको सार्वजनिक शौचालय महिनौंदेखि बन्द
बिहीबार, फागुन ८, २०८१
काठमाडौंकै वडामा रहेको शौचालयको मेसिन बिग्रेर शौचालय नै महिनौ बन्द हुनु भनेको लाजमर्दो कुरा हो । तर सार्वजनिक शौचालय भने महिनौं देखि बन्द रहेको स्थानीयवासीले गुनासो गरेका छन् । उक्त शौचालयमा दिशा गरेको १० रुपैयाँ र पिसाबको ५ रुपैयाँ लिने गरिएको थियो ।
पाल्पाका नागरिकलाई घरआँगनमै सेवा
बिहीबार, फागुन ८, २०८१
राज्यका विभिन्न निकायबाट प्रवाह हुने सेवा रामपुर नगरपालिको अगुवाइमा घुम्ती शिविर सञ्चालन गरेर गाउँगाउँमा प्रवाह भएको छ। आफ्नो घरआँगनमै सेवा पाएर सेवाग्राही मक्ख परेका छन्।
मेची भन्सारले उठायो आठ अर्ब ८४ करोड राजस्व
बिहीबार, फागुन ८, २०८१
गत आव २०८०/८१ को सोही अवधिमा राजस्व रु आठ अर्ब ९० करोड सात लाख ६७ हजार राजस्व संकलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६ दशमलव १० प्रतिशत मात्रै राजस्व संकलन भएको थियो ।
जुम्लामा १२ वडा बालविवाह मुक्त घोषणा
बिहीबार, फागुन ८, २०८१
हिमा गाउँपालिकाका ७ वडामध्ये १, २, ३ र ५ नम्बर वडालाई बालविवाह मुक्त घोषणा गरिएको हो । बुधबार एक कार्यक्रमका बीच कनकासुन्दरी गाउँपालिका–४ र ५ पातारासी गाउँपालिका–५, तिला गाउँपालिका–६, गुठीचौर गाउँपालिका–४, सिन्जा गाउँपालिका–२, ४ र ६ लाई बालविवाह मुक्त घोषणा भएका हुन ।
पोखरा विश्वविद्यालयका सात हजार ८७२ विद्यार्थी दीक्षित
बिहीबार, फागुन ८, २०८१
पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरूलाई दीक्षित गराएका हुन् ।
केबलकार निर्माणको विरोधमा पाथीभरासम्म पदयात्रा, राजेन्द्र महतोको नेतृत्व
बिहीबार, फागुन ८, २०८१
पदयात्राको मुख्य उद्देश्य मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनाको विरोध गर्नु रहेको थियो। सहभागीहरूले परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले यसको विरोध जनाएका थिए। उनीहरूले स्थानीय संस्कृति र इतिहासको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
भूमिसम्बन्धी समस्या तीन वर्षभित्र समाधान गर्ने आयोगको प्रतिबद्धता
बिहीबार, फागुन ८, २०८१
भूमि समस्या समाधान आयोगका पदाधिकारीले तीन वर्षभित्र भूमिसम्बन्धी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । बर्दिबासमा आयोगले बुधबार आयोजना गरेको सरोकार भएकाहरुसँगको मधेस प्रदेशस्तरीय अन्तर्क्रियामा आयोग पदाधिकारीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
बाँझो जग्गामा ओखरखेती
बिहीबार, फागुन ८, २०८१
बागलुङको तित्याङमा ओखरखेती विस्तार गरिएको छ । बसाइँसराइका कारण खेतीयोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा करिब तीन सय रोपनी जग्गामा ओखरखेती थालेको छ ।
काभ्रेको तेमालमा बस दुर्घटना, एक जनाको मृत्यु
बिहीबार, फागुन ८, २०८१
जिल्ला प्रहरी कार्यालयका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
साताको लोकप्रिय

