फुङलिङमा निषेधाज्ञा जारी
आइतबार, फागुन ११, २०८१
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माद्वारा जारी आदेशअनुसार, आइतबार बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्म पाँच जना भन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस, प्रदर्शन वा घेराउ गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
नो केबलकार समूह र प्रहरीबीच फुङलिङ बजारमा झडप
आइतबार, फागुन ११, २०८१
प्रदर्शनकारीले केही घरमा आगजनी र प्रहरीमाथि आगोको मुस्लाो फ्याँकेका थिए । प्रहरीले स्थिति नियन्त्रणमा लिन बल प्रयोग गरेको सीडीओ नेत्रप्रसाद पौडेलले नेपाल बताए ।
महाशिवरात्रिको तयारी : आकर्षक बनाइँदै पशुपति क्षेत्र
आइतबार, फागुन ११, २०८१
बत्ती र फूलले सजावट गरिएको पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा गरिएको रङरोगन पनि अन्तिम चरणमा पुगेको छ । रङरोगनले पशुपति क्षेत्र आकर्षक बेनेको छ । नेपालको झन्डा आकारमा सजाइएका बत्ती र फूलले आकर्षक देखिएको बालाजुबाट पशुपति क्षेत्र आउनुभएका दीपकप्रसाद घिमिरेले बताए ।
तुम्लिङटारमा एक वर्षमा ८६ पटक उडान अवरुद्ध
शनिबार, फागुन १०, २०८१
भिजिविलिटी कमजोर हुँदा सन् २०२५ मा मात्र २३ पटक हवाई उडान अवरुद्ध भएका प्रमुख दाहालले जानकारी दिए। ‘माघ र फागुनमा मात्र लगातार तीन साता उडान ठप्प भएको थियो। उडान अवरुद्ध हुदाँ वृद्धवृद्धा र बिरामी प्रभावित हुने गरेका छन्,’ उनले भने।
मुग्लिन-पोखरा सडकः दमौली बजारमा कालोपत्र गर्न थालियो
शनिबार, फागुन १०, २०८१
पूर्वी खण्डमा हालसम्म ७७ दशमलव ७ प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरीमध्ये ३४ दशमलव ५ किमीमा चार लेन र ३ दशमलव १ मा दुई लेन सडक कालोपत्र भइसकेको छ ।
पाथीभरामा अधिक हिमपात
शनिबार, फागुन १०, २०८१
विगतमा भने हिमपात हुँदा बाटो चिप्लने, पदमार्ग नै हिउले पुरेर नदेखिने हैरानी खेप्न परेको थियो । तर विस्तारै विकास समितिले पदमार्गमा फाइबरको छानो लगाउन थालेसँगै हिमपात तथा पानी पर्दा समेत तीर्थयात्रीलाई सहज भएको स्थानीयको भनाइ छ । पाथीभारा क्षेत्र विकास समितिका अनुसार आज ३०० जना तिर्थयात्रीहरू पाथीभरा धाममा पूजापाठ गरेको...
रत्न माध्यमिक विद्यालय भवन जीर्ण : अश्वासन पाइने तर काम नहुने
शनिबार, फागुन १०, २०८१
‘विद्यार्थीका लागि बस्नका लागि प्रयाप्त डेस्क बेन्च छैनन्, भएका पनि पुराना भएकाले कुन समय टुट्ने हुन पत्तो छैन, आर्थिक अभावले मर्मत गर्न सकिएको छैन’ उनले भने, ‘पुराना विद्यालय भवनका झ्याल, ढोका प्लाइउडका भएकाले मक्किएर खस्ने अवस्थामा छन्, शौचालय पुराना र निकै जीर्ण हुँदा प्रयोग गर्न लायक छैनन् ।’
सात करोडको लगानीमा बनेको भवन प्रयोग विहीन
शनिबार, फागुन १०, २०८१
चितनबाट सञ्चालित निर्माण कम्पनीले हाटबजारको भवनको भौतिकपूर्वाधार निर्माण सम्पन्न गरेको चार वर्षभन्दा बढी भएको बताइएको छ । भाडामा नदिँदा निर्माणाधिन भवन प्रयोग बिहीन भएको उनको भनाइ छ । वर्षातका समयमा हाटबजार लगाउन आउने व्यपारीलाई वर्षात र घामबाट सुरक्षित तथा बजार व्यवस्थितको सहरी विकास तथा भवन निर्माण विभाग चितवनले भवन निर्माण...
कामपाका सामुदायिक विद्यालयमा उत्पादन भएका फोहर बेचेर आम्दानी
शुक्रबार, फागुन ९, २०८१
यस विद्यालयमा भित्ताभरिको सोकेस राखिएको छ । सोकेसको माथिल्लो भागमा चार खण्ड छन् । बीचको भागमा सूचना र जानकारी दिने ठाउँ छ । तल्लो भागमा आठ कोठा छन् । यी हरेक कोठामा छुट्टाछुट्टै फोहर राखिन्छ । यो संरचना हेर्दा फोहरलाई संकलन गरेर व्यावसायिक रूपमा बिक्री गर्ने व्यवसायको जस्तै देखिन्छ ।
वन्यजन्तुलाई पानीका लागि बोरिङ
शुक्रबार, फागुन ९, २०८१
चितवन राष्ट्रिय निकुञ्जले सुक्खा क्षेत्रमा रहेका वन्यजन्तुका पानीको सहज उपलब्धताका लागि सोलारसहित बोरिङको व्यवस्था गरिएको छ । निकुञ्ज क्षेत्रको भिम्लेमा यस वर्ष एउटा बोरिङ जडानसँगै अहिले निकुञ्ज क्षेत्रमा नौ वटा पुगेको छ ।
महाशिवरात्रिमा पशुपतिनाथ आउने भक्तजनलाई धेरै सुविधा दिने तयारी
शुक्रबार, फागुन ९, २०८१
अझै केही काम सक्न समय लाग्ने देखिएकाले महाशिवरात्रिअघि नै काम सक्न पनि मन्त्री पाण्डेले कोषका कर्मचारीलाई निर्देशन दिए । कोषका सदस्य सचिव डा मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्यहरुलगायतले उहाँलाई महाशिवरात्रिका अवसरमा भइरहेको तयारीका बारेमा जानकारी गराएका थिए ।
आगामी निर्वाचन अघि नै पार्टीको महाधिवेशन : डा शेखर
बिहीबार, फागुन ८, २०८१
अहिलेको सत्ता गठबन्धनले सात बुँदे समझदारी गरेको तर त्यो कार्यान्वयन हुन नसकेको नेता डा कोइरालाको भनाइ थियो । दुई ठूला दल मिले निरङ्कुुशता हुन्छ भन्ने कुरा गलत भएको उनले बताए । कांग्रेस सत्तामा भए पनि आफूहरूले खबरदारी गरिरहेको उनले बताए ।
साताको लोकप्रिय

