Harsamaya
पोखरा महानगरपालिका –४ का वडाध्यक्ष पक्राउ
वडाध्यक्ष देवकृष्ण पराजुली ।


पोखरा - कास्कीको पोखरा महानगरपालिका–४ का वडाध्यक्ष देवकृष्ण पराजुली पक्राउ परेका छन् । 

पराजुलीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । उनीमाथि सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

वडाध्यक्ष पराजुलीले मंगलबार पोखरा महानगरपालिकाका एक कर्मचारी र एक व्यवसायीमाथि हातपात गरेका थिए । 

कुटिएका व्यवसायीले वडा कार्यालयमा नै उनीविरुद्ध नाराबाजी समेत गरेका थिए भने मंगलबार साँझ कास्की प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 तर, उनले आफूले प्रतिरक्षा मात्र गरेको दाबी गर्दै आएका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update