खैरो हेरोइनसहित दुई जना पक्राउ
                            
                            
                                                        
                                                    मोरङ- खैरो हेरोइनसहित विराटनगरबाट दुई जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-१५ स्थित तीन नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९० मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा झापा कमल गाउँपालिका-५ बस्ने २५ वर्षीय समिर सुब्बा र २५ वर्षीय सुजन सुब्बा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  २२:०२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
            साताको लोकप्रिय
        
    

 
                                                 
                                                 
                                                 
                                                 
                     
                     
                    -1761640064.jpg) 
                     
                     
                    