Harsamaya
खैरो हेरोइनसहित दुई जना पक्राउ
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

कञ्चनपुर - कञ्चनपुरमा ११.६८ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार २०८३ कात्तिक ३० गते कञ्चनपुरको लालझाडी गाउँपालिका–६ चाँदस्थित क्षेत्रमा खैरो हेरोइन खरिदबिक्री भइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ का २५ वर्षीय देविट चौधरी र ३४ वर्षीय नरेन्द्र डंगोल रहेका छन् ।

प्रहरी टोलीले उनीहरूको साथबाट ११.६८० ग्राम खैरो हेरोइन, दुई थान मोबाइल फोन र म.२ प. ३३४५ नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुर बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  २०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update