काठमाडौं - मकवानपुरमा ६ किलो ४० ग्राम चरेससहित दुई जना पक्राउ परेका छन् ।
थाहा नगरपालिका–९ चित्लाङस्थित प्रहरी चेकपोस्टमा सवारीसाधन जाँच गर्ने क्रममा चरेससहित एक पुरुष र एक महिला पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार २०८३ गए राति करिब १ः४५ बजे इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्दप्रसाद भण्डारीको कमाण्डमा खटिएको टोलीले चित्लाङस्थित चेकपोस्टमा बा.प्र. ०१–०३५ च ४५६१ नम्बरको जिप रोकी जाँच गरेको थियो । सोही क्रममा जिपबाट ६ किलो ४० ग्राम चरेस बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ सञ्जीवनी चोक स्थायी घर भई हाल बनेपा नगरपालिका–८ तीनदोबाटो बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११ कोल्टाँडी स्थायी घर भई हाल भरतपुर महानगरपालिका–२ क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन् ।
उनीहरूलाई जिपका चालकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

