Harsamaya
प्रजातन्त्रवादी चिकित्सक संघको अध्यक्षमा डा. अमितसिंह कार्की मनोनीत
डा. शशांक कोइराला डा. अमितसिंह कार्कीलाई नेपाली कांग्रेसको प्रजातन्त्रवादी चिकित्सक संघको नेतृत्वमा मनोनीत भएको पत्र दिँदै ।

काठमाडौं - नेपाली कांग्रेसको प्रजातन्त्रवादी चिकित्सक संघको नेतृत्वमा डा. अमितसिंह कार्कीलाई चयन गरेको छ । धादिङका कार्कीलाई संघको अध्यक्षमा मनोनीत गरिएको हो ।

देउवा समूहको ‘१५औँ नियमित महाधिवेशन तयारी समिति’का संयोजक डा. शशांक कोइरालाले कार्कीलाई अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

मनोनीतसम्बन्धी पत्रमा विधानको धारा ४२ (१) बमोजिम कार्कीलाई अध्यक्षमा नियुक्त गरिएको उल्लेख छ ।

नवनियुक्त अध्यक्ष कार्कीलाई आगामी ६ महिनाभित्र संगठनको महाधिवेशन सम्पन्न गर्ने जिम्मेवारीसमेत दिइएको छ । महाधिवेशनमार्फत संघको नयाँ नेतृत्व चयन गर्ने गरी उनलाई कार्यादेश प्रदान गरिएको हो ।


 

प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३  २०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update