Harsamaya
जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका बलात्कारका प्रतिवादी पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - जेन्जी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका–१ का ३० वर्षीय भरतलाल मेहता रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अस्थायी प्रहरी चौकी मध्यहर्षाहीबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान ८ः३० बजे रामधुनी नगरपालिका–५ स्थित शिवचोकबाट उनलाई पक्राउ गरेको हो ।

मेहताविरुद्ध सुनसरी जिल्ला अदालतले २०८१ असार ३० गते जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय सुनाएको थियो । उनले ५ वर्ष ३ महिना कैद भुक्तान गरिसकेका थिए । तर, २०८२ भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएपछि उनी ४ वर्ष ९ महिना कैद भुक्तान गर्न बाँकी रहेका प्रतिवादी थिए ।

प्रहरीले पक्राउ परेका मेहतालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी ल्याएको र पुनः झुम्का कारागार पठाउने तयारी भइरहेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ६, २०८३  १९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update