Harsamaya
मंगलबार मधेश प्रदेशमा सार्वजनिक बिदा (सूचनासहित)
सांकेतिक तस्वीर: हर समय/Har samaya

जनकपुरधाम - मधेश प्रदेश सरकारले यही वैशाख २३ गते अर्थात् मंगलबार सार्वजनिक बिदा दिएको छ ।

मधेस प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै मंगलबार प्रदेशभर सार्वजनिक बिदा दिने जनाएको हो । 

मंगलबार जानकी नवमी सीता जयन्तीको अवसरमा उक्त बिदा दिने निर्णय भएको मन्त्रालयले जनाएको छ।

साथै, आगामी जेठ २८ गते कविर दास जयन्तीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।

madhes-pradesh-1746357936.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update