Harsamaya
पेस्तोल र गोली सहित युवक पक्राउ
सर्लाहीमा पेस्तोल र गोली सहित युवक पक्राउ ।

रौतहट  - सर्लाही प्रहरीले पर्सा गाउँपालिकाको  रवी होटेलबाट पेस्तोल र गोली सहित एक युवक पक्राउ गरेको छ। हतियार सहित युवक होटलमा बसिरहेको सूचना पाएर पुगेको प्रहरी चौकी नारायणपुरको टोलीले कटुवा पेस्तोल सहित युवकलाई  पक्राउ गरेको हो ।

पर्सा गाउँपालिका–२, मा रहेको रवी होटेलबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का २३ वर्षीय दीपक साहलाई प्रहरीले  हतियारसहित पक्राउ गरेको हो ।  प्रहरी चौकी नारायणपुरका प्रहरी सहायक निरीक्षक किशोरी यादवका अनुसार साहको साथबाट एक थान सानो कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद भएको छ ।

बरामद हतियारसहित उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको  प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update