स्थानीय तहको भवन जथाभाबी बनाउन नपाइने

काठमाडौं - सरकारले स्थानीय तहका प्रशासनिक भवन बनाउने होडबाजी बन्द गराउने भएको छ।
साना स्थानीय तहले पनि दरबारजत्रा भवन बनाउन थालेपछि सरकारले स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्बन्धी मापदण्ड बनाउने भएको हो ।
आगामी वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत स्थानीय तहको भवन निर्माण मापदण्ड लागू गरी मापदण्ड अनुरूप बनाउने घोषणा गरिएको हो ।
सो घोषणासँगै अब स्थानीय तहले बनाउने भवन केन्द्रीय सरकारको नीति अनुसार बन्नेछ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ १६:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय