पोखरामा बेलुनमा हाइड्रोजन ग्यास भर्ने भारतीय नागरिक पक्राउ
मंगलबार, फागुन ६, २०८१
गत फागुन ३ गते भ्रमण वर्ष उद्घाटन क्रममा हाइड्रोजन भरिएको बेलुनमा ब्यानर टाँगेर उडाउन खोज्दा स्पार्किङ मेसिनबाट उडेको आगोको झिल्कोले बेलुन विस्फोट भएको थियो। सोही दिन कमलेसलाई पक्राउ गरेको प्रहरीले बताएको छ।
नवलपुर माविले मनायो ७६ औं वार्षिकोत्सव: विद्यालय अक्षयकोष संचालनमा ल्याउने
मंगलबार, फागुन ६, २०८१
शिक्षाको क्षेत्रमा एकपछी अर्को सफलता प्राप्त गर्दै नवलपुर मावि अघि बढेकोमा उनले खुशी व्यक्त गरे। गाउँपालिका भित्रको शैक्षिक क्षेत्र लाई उकास्न थुप्रै संघ संस्थाले सहयोग गरेको बताउँदै अध्यक्ष नेपालले विद्यालयको भौतिक व्यवस्थापन र आर्थिक व्यवस्थापन हिसाबले नवलपुर माविलाई नमुना माध्यमिक विद्यालय अघि बढाउन ४ ओटा पक्ष चाहिने उनले बताए। दक्ष...
प्रादेशिक अस्पताल गौर मधेश प्रदेशमा उत्कृष्ट
मंगलबार, फागुन ६, २०८१
प्रादेशिक अस्पताल गौर मूल्यांकनको आधारमा कुल ८९ प्रतिशत नम्बर ल्याएर मधेश प्रदेश को ६ वटा प्रादेशिक अस्पतालमध्ये १ नम्बर र देशकै ५० बेडका २० प्रादेशिक अस्पतालमध्ये टपटेनमा पर्न सफल भएको मेडिकल सुपरीटेन्डेन्ट डा. मुरारी ठाकुरले बताए।
वन्यजन्तुबाट क्षति व्यहोरेका ३७ परिवारलाई राहत वितरण
मंगलबार, फागुन ६, २०८१
राप्तीसोनारी गाउँपालिकामा ३३ परिवार, खजुरा गाउँपालिकाका एक, वैजनाथका एक र कोहलपुर नगरपालिकाका दुई परिवारलाई क्षतिपूर्ति वितरण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका सिनियर वन डिभिजनल अधिकृत शंकरप्रसाद गुप्ताले दुई वर्षको अवधिमा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षति भएका ३७ परिवारलाई राहत वितरण गरिएको जानकारी दिए।
मुस्ताङको कैह्योलोङ गुफा ओझेलमा
मंगलबार, फागुन ६, २०८१
गुफाभित्र तीन वटा कोठा छन् । परापूर्वकालमा लामाहरूले खाना पकाउन र ध्यान बस्नका लागि प्रयोग गरेका सामग्रीहरू गुफामा अवलोकन गर्न पाइन्छ । स्याङखोलाको किनारमा रहेको पहाडको भित्तामा गुफा रहेको छ । स्याङखोलाको मोटरेबल पुलदेखि १० मिनेट पैदलयात्रा गरेपछि गुफामा पुगिन्छ ।
देवघाट महा–महोत्सवमा २७ करोडभन्दा बढी संकलन
सोमबार, फागुन ५, २०८१
महा–महोत्सवका संयोजक डा केशवराज भुर्तेलका अनुसार देश विदेशबाट यहाँ आएका करिब ३० लाख भक्तजनबाट सो रकम संकलन गरिएको हो । उनले महोत्सव सम्पन्न गर्न रु तीन करोड ४८ लाख ४८ हजार एक सय सात खर्च भएको पनि जानकारी दिए ।
चौदण्डीगढी नगरपालिकाले सरकारी जग्गा खाली गराउन चलायो डोजर
सोमबार, फागुन ५, २०८१
सरकारी जग्गा संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएकोले बजार क्षेत्रमा रहेका नदी उकास जागा भित्र रहेका, अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन थालिएको चौदण्डीगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले जानकारी दिए ।
धरानमा कालोमोसो दल्ने ‘नो केबुलकार’ समूहका ८ जना विरुद्ध पक्राउ पुर्जी जारी
सोमबार, फागुन ५, २०८१
उनीहरूलाई आपराधिक उपद्रो व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरिए लगत्तै सोमबार माबोले इलाका प्रहरी कार्यालय धरानमा आफूलाई कालो मोसो दल्ने ८ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । उजुरी लगत्तै प्रहरीले अभियुक्त ८ जना विरुद्ध जिल्ला अदालत सुनसरीबाट पक्राउ पुर्जीको अनुमति लिएको छ।
होस्टल नियमन गर्दै काठमाडौं महानगर, बनायो यस्तो मापदण्ड
सोमबार, फागुन ५, २०८१
आफ्नै घरमा आफैँले सञ्चालन गरेको जग्गाको लालपुर्जा र भाडामा भवन लिएको भए सम्झौताको प्रतिलिपि बुझाउनु पर्छ । स्थलगत अनुगमन तथा वस्तुस्थितिको जाँच पछि मात्रै महा नगरपालिकाको शिक्षा विभागले सञ्चालन अनुमति दिनेछ ।
हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, सात करोड ३० लाख बढीको क्षति
सोमबार, फागुन ५, २०८१
आगो नियन्त्रणमा रणभीम गण मुढे ब्यारेक, सशस्त्र प्रहरी बल ७ नं वाहिनी हलेसी गुल्म, नेपाल प्रहरी, जिल्ला प्रशासन, स्थानीय तह, स्थानीयलगायत गरी करिब ५०० जना खटिएका थिए । स्थानीय पदमशेर राईको ग्यास पसल नजिकै रहेको भान्छा कोठाबाट आइतबार साँझ करिब ७ बजेतिर सुरू भएको आगो साढे चार घण्टापछि साढे ११...
अर्काले आएर देश बनाइदिँदैन, हामीले नै बनाउनुपर्छ : प्रधानमन्त्री ओली
सोमबार, फागुन ५, २०८१
लुम्बिनी प्रदेशसभाको बैठकमा सोमबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि देश अर्काले आएर नबनाइदिने हुनाले हामीले बनाउनुपर्ने बताए ।
भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष
सोमबार, फागुन ५, २०८१
‘मुखद्धार रुद्राक्षको बजार मूल्य निकै राम्रो छ’, सचिव कटुवालले भने, ‘मुखद्धार दानाको मूल्य आकारको आधारमा निर्धारण हुन्छ । एकाइस मुखेदाना २० देखि ६० लाखसम्ममा बिक्री हुन्छ । जिल्लामा रुद्राक्षबाट १५ देखि २० करोडको हारहारीमा रकम भित्रिन्छ ।’
सरकार हाम्रो कहिले हुन्छ ?
सोमबार, फागुन ५, २०८१
११ जना आगलागीबाट घाइते हुँदा यो देशका कुनै पनि राजनीतिज्ञलाई छोएन । न त छोयो सरकारलाई नै । उनीहरूले अस्पतालसम्म जान एम्बुलेन्ससम्म पाएनन् । पानी बोक्ने गाडीमा तत्काल अस्पताल लगिएको थियो । शान्दार मम आगलागी किन भयो सरकारले अध्ययन गर्न समेत जरुरी ठानेन ।
साताको लोकप्रिय

