Harsamaya
कांग्रेस संसदीय दलको बैठक आज पनि
कांग्रेस संसदीय दलको बैठक आज पनि संघीय संसदको हिउँदे अधिवेसनको तयारीका लागि कांग्रेसले संसदीय दलको बैठक आज पनि बस्ने भएको छ।  हिजो दिउँसोबाट सुरु भएको बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।
स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने
स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका छन्। आइतबार यहाँ आयोजित कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।”
पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दैछौंः पर्यटनमन्त्री पाण्डे
पर्वतारोहीलाई सामाजिक सुरक्षाको व्यवस्था गर्दैछौंः पर्यटनमन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्वतारोहीका लागि कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गरेका छन्। पर्वतारोही फुन्जो जाङमो लामासहितका आरोहीलाई आइतबार यहाँ सम्मान गर्दै उनले पर्वतारोहीको सामाजिक सुरक्षा र आरोहणमा प्रोत्साहनका लागि कल्याणकारी कोष स्थापना गरिने बताए।
स्वरोजगार बन्दै शारीरिक अपाङ्गता भएकाहरु
स्वरोजगार बन्दै शारीरिक अपाङ्गता भएकाहरु यहाँको कमल गाउँपालिका–५ मङ्गलबारेका ४१ वर्षीय पिताम्बर खड्का हिँडडुल गर्न सक्दैँनन् । शारीरिक अपाङ्गताका बाबजुद उनी अहिले स्वरोजगार बनेका छन् । सानैमा एउटा खुट्टामा समस्या भएपछि अपाङ्गताको सिकार बनेका उनको कमाइ नहुँदा दैनिक जीवनमा आधारभूत आवश्यकता पूरा गर्न गाह्रो थियो ।
बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज
बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज तिबेला लहलह बर्सिम घाँसले ढाकेको छ । यहाँका किसानले बर्सिम घाँसखेती गरेर पशुपालनमा सहज भएको बताएका छन् । किसानले नगदेबालीका रुपमा घाँसखेती गर्न थालेका छन् । घोराही उपमहानगरपालिका–६ की सरस्वती शर्माले एउटा गाई र आठ बाख्रा पालेका छन् ।
आयोगको आग्रह - वार्ता र संवादको माध्यमबाट पाथीभरा केबलकार घटनाको समाधान गरौं (विज्ञप्तिसहित)
आयोगको आग्रह - वार्ता र संवादको माध्यमबाट पाथीभरा केबलकार घटनाको समाधान गरौं (विज्ञप्तिसहित) राष्ट्रिय मानव अधिकार आयोगले ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर भएको विवाद वार्ता र संवादका माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।
एनआरटी सभापति कपको सेमिफाइनलमा प्रवेश 
एनआरटी सभापति कपको सेमिफाइनलमा प्रवेश  न्युरोड टिम (एनआरटी) सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।  त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा आइतबार सम्पन्न खेलमा फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गर्दै एनआरटी सेमिफाइनलमा प्रवेश गरेको हो ।
बालबालिकामा श्रवणसम्बन्धी समस्या अनिवार्य परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत (जानकारीसहित)
बालबालिकामा श्रवणसम्बन्धी समस्या अनिवार्य परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत (जानकारीसहित) स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थाहरुले प्रारम्भिक रुपमा बालबालिकामा श्रवणसम्बन्धी समस्या परीक्षण गर्नुपर्ने निर्देशिका स्वीकृत गरेको छ । जन्मनासाथ नवजात शिशुको श्रवणशक्तिमा समस्या भए/नभएको परीक्षण अनिवार्य गर्नेगरी नवजात शिशुको श्रवण स्क्रिनिङ, निर्देशिका–२०८१ स्वीकृत गरिएको हो ।
त्रिकोणात्मक टी–२० शृङ्खलामा इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा (खेलाडीको नामसहित)
त्रिकोणात्मक टी–२० शृङ्खलामा इन्दू बर्माको कप्तानीमा नेपाली टोली घोषणा (खेलाडीको नामसहित) माघ १७ गतेदेखि आयोजना हुने त्रिकोणात्मक टी–२० शृङ्खलाका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आज इन्दू बर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । 
डोटीबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
डोटीबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार त्यहाँ उपचार सम्भव नभएपछि विस्नादेवीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिए । 
मेची हाइवे र तमोर करिडोरमा यातायात बन्द आव्हान (विज्ञप्तिसहित)
मेची हाइवे र तमोर करिडोरमा यातायात बन्द आव्हान (विज्ञप्तिसहित) मेची हाइवे, तमोर करिडोर र तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरूमा अनिश्चितकालीन यातायात बन्द आव्हान गरिएको छ । फुङलिङ नगरपालिका- ११ पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएका विभिन्न संघ संस्थाले आइतबार एक विज्ञप्ति जारी गर्दै माघ १५ बाट अनिश्चितकालिन यातायात बन्द आव्हान गरेका हुन् । 
धनगढीमा दाइको हत्या आरोपमा भाइ पक्राउ
धनगढीमा दाइको हत्या आरोपमा भाइ पक्राउ प्रहरी निरीक्षक खड्काका अनुसार भाइ प्रकाश र दाइ लालबहादुरबीच गएराति सामान्य घरायसी विवाद भएको र विवादका क्रममा भाइले दाइको घाँटीमा कैँचीले प्रहार गरी घाइते बनाई धनगढीस्थित निसर्ग अस्पताल पुर्याइएको थियो ।
Weather Update