-(2)-1745988494.jpeg)
रामेछाप - रामेछापकी एक क्यान्सर पीडित बालिकाको उपचाराका लागि प्रहरी कर्मचारीले आर्थिक सहयोग गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रामेछापमा कार्यरत प्रहरी कर्मचारीले मन्थली नगरपालिका–२ टेकानपुरकी ५ वर्षीय बालिका अनु श्रेष्ठको उपचारका लागि पैसा सङ्कलन गरी सहयोग गरेका हुन् । ती बालिकाको उपचारका लागि प्रहरी कर्मचारीको तर्फबाट ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको छ ।
प्रहरी कर्मचारीबाट सङ्कलित रकम जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले बिरामीका बाबु सुमन श्रेष्ठलाई हस्तान्तरण गरे ।
बालिकाको काठमाडौँस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ । आफूसँग भएको रकम छोरीको उपचारमा सकेपछि थप उपचारको लागि आर्थिक सहयोगको अनुरोध गरिएको सुमनले बताए ।
‘डाक्टरले सुरुकै स्टेज भएकोले रोग त निको हुन्छ भनेका छन्, तर खर्च धेरै लाग्ने भयो, आफ्नो आर्थिक हैसियतले नधान्ने भएपछि सहयोगको लागि सबैलाई अनुरोध गरेको हो, छोरी बचाउन निक्कै गाह्रो प¥यो’, उनले भने ।