काठमाडौं - हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ।
दिउँसो देशको हिमाली भूभाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको केही स्थानमा तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मेघ गर्जन चट्याङ, असिनासहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना छ ।
कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
आज राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।
देशका हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

