Harsamaya
प्रचण्डद्वारा सहिद परिवारलाई सम्मान, विष्णु कुमारी लामिछाने पार्टीमा प्रवेश
सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ।

कञ्चनपुर -  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्धका सहिद तथा बेपत्ता योद्धाहरूका परिवारलाई सम्मान गरेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले जनयुद्धमा ज्यान उत्सर्ग गरेका योद्धाहरूको परिवारलाई सम्मान गरेका हुन् । 

उक्त वडाबाट मात्र १५ जना योद्धाहरूले जनयुद्धमा प्राण आहुति दिएका थिए । कार्यक्रममा अध्यक्ष दाहालले सहिदको योगदानलाई युगौँ सम्म सम्झिने प्रतिबद्धता व्यक्त गरे ।

यसैबिच कार्यक्रममा नेपाल परिवार दल परित्याग गर्दै विष्णु कुमारी लामिछाने बिकेले माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । 

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update