दोलखाको मालुमा मतदान स्थगित
बिहीबार, फागुन २१, २०८२
हवाई फायरपछि नाराबाजी सुरु भएको थियो । लगत्तै सर्वदलीय बैठक डाकिएको र मतदान सुरु गर्नेबारे छलफल जारी रहेको बताइएको छ ।
रौतहटमा पूर्व प्रधानमन्त्री नेपालद्वारा मतदान : लोकतन्त्र सुदृढीकरणका लागि मतदान गर्न आह्वान
बिहीबार, फागुन २१, २०८२
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गौर नगरपालिका वडा नं २ स्थित राम जानकी कन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
प्रधानमन्त्री कार्कीद्वारा मतदान
बिहीबार, फागुन २१, २०८२
प्रधानमन्त्री कार्कीले काठमाडौं क्षेत्र नं ५ अन्तर्गत धापासी निमावि, फैमालचुली मतदान केन्द्रमा पुगेर मतदान गरेकी हुन् ।
प्रधानमन्त्री सुशीला कार्कीद्वारा मतदानमा सहभागी हुन देशवासीलाई अपिल
बिहीबार, फागुन २१, २०८२
बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले सबै दिदीबहिनी तथा दाजुभाइहरूलाई मतदान केन्द्र पुगेर आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आह्वान गरेकी हुन् ।
बालेन शाहले तीनकुनेको अन्नपूर्ण विद्यालय केन्द्रबाट गरे मतदान
बिहीबार, फागुन २१, २०८२
उनले काठमाडौं महानगरपालिका–९, तीनकुने गैरी गाउँस्थित अन्नपूर्ण विद्यालय मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका हुन्।
ललितपुर–२ मा जगदीश खरेलद्वारा मतदान, सबैलाई सहभागिताको अपिल
बिहीबार, फागुन २१, २०८२
मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै खरेलले सबै मतदातालाई लोकतान्त्रिक अधिकार प्रयोग गर्न आग्रह गरे । उनले भने, ‘मैले मतदान गरेँ, तपाईँहरू पनि मतदानमा सहभागी हुनुहोला ।’
भयरहित वातावरणमा मतदान गरौँ, काँग्रेस सबैभन्दा ठुलो दल बन्दै छ : विश्वप्रकाश शर्मा
बिहीबार, फागुन २१, २०८२
काँग्रेसका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजकसमेत रहेका उपसभापति शर्माले पार्टीको माहौल राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।
सिन्धुपाल्चोक–२ मा काँग्रेस उम्मेदवार बंशलाल तामाङद्वारा मतदान
बिहीबार, फागुन २१, २०८२
मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै तामाङले लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन भएको उल्लेख गरे। उनले जनताले आफ्नो मताधिकार प्रयोग गरेर लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्दै उत्साहपूर्वक निर्वाचनमा सहभागी हुन सबै मतदातासँग आग्रह गरेका छन्।
रास्वपा सभापति लामिछाने र वरिष्ठ नेता शाहद्वारा मतदान
बिहीबार, फागुन २१, २०८२
मतदान गर्नुअघि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस निर्वाचनले मुलुकलाई राजनीतिक निकास दिने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् ।
ओली-बालेनको क्षेत्र झापामा मतदान जारी: सात लाख १३ हजार बढी मतदाता सहभागी हुने अपेक्षा
बिहीबार, फागुन २१, २०८२
जिल्लामा तीन लाख ५८ हजार ३४६ पुरुष, तीन लाख ५५ हजार ८३ महिला र आठ जना अन्य मतदाता कायम छन् । विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनको तुलनामा ५० हजार २२६ जना मतदाता र ४९ वटा मतदान केन्द्र थप भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
यी कागजात देखाएर मतदान केन्द्र प्रवेश गर्न सकिने
बिहीबार, फागुन २१, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल दुई लाख २१ हजार कर्मचारी खटिएका छन्। सत्तरी जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ केन्द्र र समानुपातिकतर्फ मात्र मत हाल्ने १४३ अस्थायी केन्द्रमा ती कर्मचारी खटाइएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए। उनका अनुसार ५०० भन्दा बढी मतदाता भएका केन्द्रमा...
मतदाता बिहानैदेखि लाइनमा‚ सुरू भयो मतदान
बिहीबार, फागुन २१, २०८२
यस पटकको निर्वाचनमा ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २०० अन्य गरी एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता छन् । यस्तै, एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि देशभर १० हजार ९६७...
प्रतिनिधिसभा सदस्य निर्वाचनः आज मतदान‚ उत्साहजनक रूपमा सहभागी हुन आह्वान
बिहीबार, फागुन २१, २०८२
प्रत्यक्षतर्फ ६१ वटा निर्वाचन चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य गरी तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ एक हजार ३६३ पुरुष र एक हजार ७७२ महिला गरी तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा...
साताको लोकप्रिय

