Harsamaya
रौतहटमा पूर्व प्रधानमन्त्री नेपालद्वारा मतदान : लोकतन्त्र सुदृढीकरणका लागि मतदान गर्न आह्वान
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल ।

रौतहट - प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज रौतहट क्षेत्र नं १ का मुख्य प्रतिस्पर्धी उम्मेदवारहरूले आ-आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गौर नगरपालिका वडा नं २ स्थित राम जानकी कन्या आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

बिहान ७ः५५ बजे मतदान केन्द्र पुगेका उनले मतदानपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै देशको विषम परिस्थितिमा भइरहेको यो निर्वाचनलाई सफल बनाउन सबै मतदाताले सजगता, धैर्यता र जिम्मेवारीका साथ सहभागी हुनुपर्नेमा जोड दिए ।

उनले शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गर्दै लोकतन्त्रको सुदृढीकरणका लागि मताधिकारको सही प्रयोग अनिवार्य रहेको बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update