Harsamaya
दोलखाको मालुमा मतदान स्थगित

दोलखा - दोलखाको मालु मतदान स्थलमा मतदान रोकिएको छ । तामाकोसी गाउँपालिका-४ मालु मतदान गर्ने क्रममा विवाद भएपछि मतदान नै रोकिएको हो ।

निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात हुन खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो । हवाई फायरपछि नाराबाजी सुरु भएको थियो । लगत्तै सर्वदलीय बैठक डाकिएको र मतदान सुरु गर्नेबारे छलफल जारी रहेको बताइएको छ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update