सिन्धुपाल्चोक–२ मा काँग्रेस उम्मेदवार बंशलाल तामाङद्वारा मतदान
सिन्धुपाल्चोक - सिन्धुपाल्चोक प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का नेपाली काँग्रेसका उम्मेदवार बंशलाल तामाङले आफ्नै गृह वडा इन्द्रावती गाउँपालिका–४ स्थित नवलपुर गाविस भवन मतदान केन्द्रबाट मतदान गरेका छन्।
मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै तामाङले लोकतन्त्रको सुन्दर पक्ष नै निर्वाचन भएको उल्लेख गरे। उनले जनताले आफ्नो मताधिकार प्रयोग गरेर लोकतन्त्रलाई बलियो बनाउने विश्वास व्यक्त गर्दै उत्साहपूर्वक निर्वाचनमा सहभागी हुन सबै मतदातासँग आग्रह गरेका छन्।
वडा नं. ४ मा कुल ३ हजार १ सय ७ मतदाता रहेका छन्। शान्तिपूर्ण र उत्साहजनक वातावरणमा मतदान प्रक्रिया अघि बढिरहेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ ०९:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

