सरिता गिरी आफूलाई रंगकर्मी भनेर चिनाउँछिन् । नाटक र फिल्ममा उनले अभिनयको जादू देखाएपनि उनी थियटरमा नै रमाउँछिन् । थियटरलाई माया गर्छिन् । उनको अभिनय यात्राको सुरुवात थियटरबाटै भएको हो । कुनै समय माशर्ल आर्टकी खेलाडी गिरीले गुरुकुलबाट अभिनय सिकेर वर्षौंसम्म गुरुकूलमा नै काम गरिन् । उनै गिरीको रंगकर्म र फिल्मी दुनियाँका तिता मिठा अनुभवहरूबारे हर समयले गरेको कुराकानी ।
अभिनय कसरी सुरु भयो ?
मेरो अंकल रंगकर्मी वीरेन्द्र हमालले मलाई बच्चै देखि चाइल्ड आर्टिस्टको रुपमा काम गराउन खोजी रहनुभएको थियो । थियटरमा गर्नुपर्छ भनेर भनिरहनु हुन्थ्यो । यो फिल्डमा मेरो ‘इन्भल्मेन्ट’एसएलसी पछि हो । एसएलसी पछिको खाली समयमा याक्टिङ सिक्न गएको थिएँ । त्यहीँबाट अभिनय यात्रा सुरु भयो । म खास मार्शल आर्टको नेशनल प्लेयर हो । मलाई यता कनेक्सन हुन अलिकति गार्हो भयो । २/ ३ महिना याक्टिङ सिकेपछि गुरुकुल पनि ‘स्टार्ट’भयो । गुरुकुलमा २ वर्ष पढ्नै पर्थ्यो थियटर । पढिसकेपछि निरन्तर १०/११ वर्ष गुरुकुलमै बसेर काम गरेँ ।
कोबाट प्रभावित हुनु भयो ? कोही रोल मोडल छन् ?
बच्चामा फिल्म हेरिन्थ्यो । खतरा लाग्थ्यो । सबै याक्टर बबाल लाग्थ्यो । तर मलाई भविष्यमा गएर फिल्म वा याक्टिङ सिक्छु र यसैमा करियर बनाउँछु भन्ने सोच थिएन । आइकन वा रोल मोडल बनाउनका लागि दिमागमा हुनुपर्यो । फिल्म हेरेर इन्टरटेइमेन्ट गर्ने परे । उहाँहरुलाई हेरेर भोलि पर्सी यस्तै याक्टर बन्छु भन्ने कल्पनै थिएन । किन भने मेरो प्रोफेसन नै फरक थियो । एसएलसी दिने बेलासम्म गेम खेल्थे । म चेन्ज भएको याक्टिङ सिक्न थालेपछि हो । आफू भन्दा सिनियरहरुलाई हेर्दा, जुनियर भाइबहिनीहरुलाई हेर्दा उसको जस्तो याक्टिङ गर्नुपर्छ, गर्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । बलिउडको याक्टरहरुलाई देख्दा, थियटरबाट गएको याक्टरहरुलाई देख्दा उहाँहरुबाट ‘इन्स्पायर्ड’हुन्छु ।
स्पोर्ट्समा के-के गर्नु भयो थोरै बताइदिनुन ?
मैले नेसनल लेभलसम्मको गेम खेले । ब्लाक बेल्ट लिएर छाडेको हो । गेमको मेमोरी बच्चा बेलाको छ । भोलिको दिनमा भविष्य के हुन्छ होला ? भन्ने थुप्रै गेमहरु खेलि सक्दा पनि लाग्थ्यो । ०५८/५९ तिर गेम एकदमै माथि जानु पर्ने कोल्याप्स हुँदै गएको देखे । धराशायी स्थितिमा थियो त्यो समय खेल । मार्सलआर्टको कुरा गर्दा ‘एज अ प्लेअर’‘कन्टिन्यु’ लाग्यो भने के हुन्छ ? सोच्ने अवस्था थियो । मैले त्यही बेलामा छोडेको हो । त्यो समय खेल न माथि गएको समय थियो न एकदमै ग्राउन्डमा आएको थियो ।
कलाकारिता क्षेत्रमा लाग्दा घर-परिवारले कतिको साथ-सहयोग दिनुभयो ?
सबै भन्दा ठूलो प्रश्न यहीँ हो । कतिको कुराहरु सुन्छु प्राय जस्तो एकदमै ‘स्ट्रगलिङ’को कुरा छ । अर्को यो क्षेत्रमा आउनु नै अर्को स्ट्रगल गर्नु हो । मेरो पहिलो दर्शक नै मेरो बुवा ममी हो । मेरो परिवार, मेरो दिजुहरु हो । लगभग २५ वर्ष पुग्न लाग्यो लगातार थियटर र मूभिमा काम गरेको । उहाँहरुले धेरै ‘इनकरेज’ गरेर यहाँसम्म आइपुगेको हुँ । मेरो फर्स्ट अडियन्स नै मेरो परिवार हो । अरु सपोर्ट गर्ने दर्शकहरु त भैहाल्नु हुन्छ । मलाई कहिले पनि रोकतोक भएन । म नेसनल प्लेयर हुदाँ पनि बाबाले लगेर एकेडेमीमा ज्वाइन गर्दिएको रंगशालामा । मैले छोड्ने बेलामा पनि बुवाले ठिक छ ‘एज यु विस’भन्नुभयो । एसएलसीपछि नर्सिङ पढ्न वीर हस्पिटलमा नाम निकालेको हो । ‘अल अफ सडेन’ मेरो आर्ट लाइन हो नि । गेम पनि ‘अ काइन्ड अफ’आर्ट होनी । त्यो हिसाबले म आर्ट तिर लाग्नु नै फाइदाजनक थियो । त्यस्तो ‘स्ट्रगल’गर्नु परेन । थियटरमा भोकल, फिजिकल सबै ‘ग्रो अप’ गर्नु पर्छ । त्यो हिसाबले मलाई सजिलो भयो । नर्सिङमा नाम निकाले पनि छोडेर म गुरुकुलमा नाटक पढ्छु, याक्टिङ पढ्छु भनेर जोइन भए । मलाई मात्र होइन दुई भाइलाई , दिजुलाई परिवारले यो गर त्यो नगर भन्नुभएन । अहिले आ-आफ्नो स्थानमा स्थापित हुनुहुन्छ । एउटा परिवारमा आफ्नो इच्छा, छोराछोरीको इच्छा र बुवा ममीको इच्छाबीच ‘क्ल्यास’ भयो भने कुरा बिग्रिदो रहेछ । आफ्नो रोजाई रोज्न दिनुपर्छ ।
कलाकारिता क्षेत्रमा महिलालाई अझै गार्हो छ, हेपिन्छ भन्ने भाष्य छ ? २५ वर्ष यही क्षेत्रमा सुम्पिनु भयो, यो अनुभूति गर्नुभयो ?
तपाईंको स्कुलिङ कहाँ भएको भन्ने कुराले फरक पार्दो रहेछ । हाम्रो स्कुलिङ नै त्यस्तो ठाउँमा भयो जहाँ टिचर आफैं गुरुकुलको प्रिन्सिपल (सुनिल पोखरेल) हुनुहुन्थ्यो। उहाँ आफैं एनएसटीबाट पास आउट भएको । उहाँले खोलेको स्कुलमा हामी हुर्केको मान्छे । त्यो हिसाबले त्यहाँ महिला, पुरुष यो त्यो भन्ने कुरा नै थिएन । समानता थियो । हामी त्यसरी स्कुलिङ भएका थियौं । त्यसरी नै पढाइयो । बाहिर गएर ‘जेन्डर’कै विषयमा काम भयो । यो छोरीले गर्ने काम, यो छोराले गर्ने काम भन्ने भन्दा पनि बराबर ‘इक्वेल्ली’ जाने काम हो । कहिलेकही पात्रको हिसाबले चाहि फरक भूमिका होला ।
हालसालै गरेको नाटक ‘बहादुरपुरको दन्त्यकथा’ बाट कस्तो प्रतिक्रिया पाउनु भयो ? तपाईको नयाँ कामहरु के कस्ता छन् ?
यो बहादुरपुरको दन्त्यकथाको निर्देशक ‘फिमेल’ नै हुनुहुन्छ सरस्वती चौधरी । हाम्रो गुरुकुलको सेकेन्ड ब्याच । म भन्दा एक ब्याचले जुनियर । अहिले पुरुषले गर्नसक्ने काम महिलाले पनि गरिराख्नु भएको छ । उहाँले गरेको निर्देशन सबैले रुचाइदिनुभएको छ । पुरुषले गर्यो कि महिलाले गर्यो निर्देशन भन्ने कुराले मान्यता राख्दैन । नाटक हेरेपछि त्यसले दिएको प्रभावले नै दर्शकहरु आउने हो । नाटक राम्रो लाग्यो कि लागेन ? रमाइलो भयो कि भएन ? नाटकले दिन खोजेको कुरा के हो ? भन्ने कुराले मान्यता राख्छ । अहिले ‘एज अ याक्टर’ बहुरिया नाटक गरिरहेको छु ।
‘बहुरिया’ कस्तो नाटक हो ?
बहुरिया शब्द नै मैथलीबाट आएको हो । यो नाटक हेरिसकेर बाहिर गएपछि सम्बन्धका कुराहरु आउँछन्। त्यहाँ कास्टको कुरा आउँदैन । कुन जातिले वा कुन समुदायले गर्यो भन्ने कुराहरु आउँदैन । एउटा पुरुष र महिलाको कुरा आउँछ । सम्बन्धकका कुरा आउँछ । विवाह गरेर चिसिएका सम्बन्धका कुरा हुन् सक्छ । ‘अफेयर’मा बसेको सम्बन्ध पनि हुन सक्छ । बाध्यात्मक सम्बन्धहरु पनि हुन सक्छ । यो नाटक बाध्यताको सम्बन्ध हो जस्तो लाग्छ । नाटकमा त्यही छ एउटा विवाह भैसकेको केटीले कुरेर बस्नु परेको सम्बन्ध । एक जना पुरुषलाई कुर्नु परेको सम्बन्ध । फिमेल पात्रको फ्रिडमको कुरा आउँछ । केटी मान्छेले, केटा मान्छेले चाहने फ्रिडम मात्र होइन, समाजमा बसेको एउटा महिलाको फ्रिडमको कुरा आउँछ ।
कलाकारिता क्षेत्रमा लाग्नु भएको २५ वर्ष भयो, खासमा तपाईंको अनुभवको आधारमा कलाकारिता कस्तो चिज रहेछ ? केही राम्रो/नराम्रो सम्झना छ ?
नाटकमा कहिले भएन त्यस्तो । नाटक मैले रोजेको विधा पर्यो । फिल्म गर्दा कहिलेकाही एकदम ग्लानि फिल हुन्छ । फिल्म नै गर्दिन भन्नेमा पुग्या थिए एक समय । फिल्म मेरो सपना होइन जस्तो लाग्यो । गुरुकुल बन्द नभएको भए फिल्म गर्दैनथे । थियटरले मलाई त्यो ‘कन्डिसन’मा पुर्याएको छैन । त्यो स्थितिमा म पनि पुगिन । फिल्म चाहि अब देखि पुग्यो यार, अब ‘नो मोर’ जस्तो लाग्यो । जति दर्शकले आएर स्टेजमा अपनाउनु भएको छ, माया गर्नु भएको छ, प्रेम दिनु भएको छ त्यो सद्भाव मैले पाएको छु । आफूलाई सानो क्यारेक्टर पनि माया लाग्छ । अडियन्सबाट फिडब्याक आउँदा अलि ‘डिसअपोइमेन्ट’ हुन्छु । तर पनि काम इज काम । हाम्रो पेशा नै यहीँ हो ।
कलाकारिता क्षेत्रमा एउटा भास्य निर्माण भएको छ, थियटर गरेर बाँच्न गार्हो हुन्छ ? पारिश्रमिक निकै कम हुन्छ भनिन्छ ?
पहिला देखि नै सुन्दै आएका कुराहरु हुन् । थियटरको एउटा ‘बाउन्ड्री’मा बसेर काम गरेको हुनाले ‘सर्भाइभ’ गर्न गार्हो हुन्छ । किन भने ‘सर्टेन अमाण्ट’ हुन्छ । कति पैसा उठ्छ हलबाट र आर्टिस्टलाई कति दिने वा टिमलाई कति दिने भन्ने कुराले गार्हो हुन्छ । भाइबहिनीहरू अहिले चाँडो ‘फ्लिप’भएको देख्छु । ‘स्विच’ भएको देख्छु । ३/४ महिना याक्टिङ सिक्यो त्यसपछि ‘ला सेट यार’ पैसा छैन रहेछ भनेर फ्लिप भइको देख्छु । मलाई काम गर्न मात्र ध्यान भयो । काम मात्रै गरिरहे । त्यो काम गराई र भोगाइले गर्दा आज ‘सस्टेन’भएको छु । २५ वर्ष लाग्यो त्यो ‘प्रोसेस’मा आउन । कोहीलाई १० वर्ष लाग्यो, कोहीलाई ५ वर्ष लाग्ला, कसैलाई त्यो पनि नलाग्ला । कसैले ५ महिनामै त्यो ग्राब गर्न सक्नुहोला । तपाईं कुनै प्रोफेसनमा जानु हुन्छ भने त्यो प्रोफेसनका लागि समय चाहियो, भिजन चाहियो तबमात्र सस्टेन हुन् सकिन्छ । वर्षौ तपाईंले आफ्नो काम र दायित्वमा खर्च गर्नु भयो भने बल्ल ‘पे ब्याक’हुने होला ।
तपाईंको विचारमा सफल अभिनय भनेको के हो जस्तो लाग्छ ?
यो फिलोसफी प्रश्न हो । प्ले गरिरहदा तपाईं खुसी हुनुभयो भने मात्रै अडियन्स खुसी हुने हो । म दुखी भएर काम गरिराछु भने अडियन्सलाई कसरी ‘चियर अप’गराउने होला ? मलाई सुख प्राप्त छ र यो फिल्डमा छु । होइन भने त मैले अर्को प्रोफेसन चेन्ज गरे भैहाल्यो नि । आज नै सफल अभिनय गर्छु भनेर आफूले आफूलाई ट्याग लगाउने होकि अडियन्सले तपाइलाईं ट्याग लगाइदिने हो ? त्यो त पहिला कुर्नुपर्यो । अडियन्स आउनु हुन्छ, प्ले हेर्नुहुन्छ, राम्रो अभिनय गर्नुभयो भन्नुहुन्छ त्यो कति आनन्दको प्रेम छ। मलाई त्यो प्रेमले नै म सफल रैछु भन्ने कुराको बोध हुन्छ । बाहिर आएपछि हग गर्नु हुन्छ, हात समात्नु हुन्छ, ओएमजी तपाईंको काम कति राम्रो भन्नुहुन्छ । त्यहीँ होइन र सफल भनेको ।
विवाह भइसकेपछि नाट्य-सिनेमा क्षेत्रमा प्राय महिला फर्किनु हुन्न ? किन हराउनु हुन्छ जस्तो लाग्छ ?
यो मान्छेमा ‘डिपेन्ड’हुन्छ । आफूमा निर्भर गर्ने कुरा हुन् । तपाईं एउटा समाज छोडेर अर्को समाजमा जानु हुन्छ । अर्को जोनमा जानु हुन्छ । त्यो जोनबाट बाहिर जान आफैंले संघर्ष गर्नुपर्छ । त्यो जोनमा पुगिसकेपछि को कस्तो छ भन्ने कुराको हेक्का हुन्छ । त्यो भैसकेपछि आफ्नो स्ट्यान्ड आफैंले लिनुपर्यो । विवाह भएपछि ‘कम ब्याक’हुन् गार्हो भयो भन्ने कमै सुनिरहेको छु । तर अलि अगाडि हाम्रै सिनियर दिदीहरुलाई गार्हो थियो । अहिलेको सिनारियोमा त्यो हुँदैन जस्तो लाग्छ । यहाँ कसले कसलाई रोक्ने हो र ? एकअर्को टेबलमा बसेर संवाद गर्ने समय आइसक्यो । कोहीलाई विवाह पछि काम गर्न इच्छा लाग्दैन भने स्वइच्छाको कुरा हो ।
अभिनय क्षेत्रमा लाग्ने नयाँ पुस्तालाई के सन्देश दिन चाहनुहुन्छ ?
अहिलेको भाइबहिनीहरु ‘इन्स्ट्याण्ट फुड’ जस्तो लाग्छ । इन्स्ट्याण्ट फुड जस्तै १० मिनेटमा सबै सक्नु पर्छ । त्यो होइन याक्टिङ । याक्टिङ भनेको समय खर्च गर्नुपर्यो । ३ महिना त याक्टिङ सिकेर आएको भन्नुहुन्छ । तर, मेरो लागि त ३ महिना केही होइन ‘नट इनफ फर द्याट’। मैले २० वर्ष अघि सिकेको याक्टिङ आज काम लाग्दैन । मेथड चेन्ज भएर कहाँबाट कहाँ पुगिसक्यो । अब त्यो मेथडको रिसर्च त गर्नुपर्यो । याक्टिङ धेरै भास्ट छ । आफूलाई पनि त चेन्ज गर्नु पर्यो । नयाँ अपडेट के आइरहेको छ रिसर्च गर्नुपर्यो । ३ महिना क्लास लियो अब म खतरा याक्टर भए भनेर फिल्ममा आएको भेटिन्छ । २-४ वटा प्ले त गर्नैपर्छ थियटरमा बसेर । अलिकति आफैं माझिनुपर्छ । थालमा भात हालेर खाएर हिड्या जस्तै भयो । कमसेकम थाल माझेर सफा गरेर टिलिक्क परेर जानु पर्यो । त्यसको लागि प्रोसेस छ । अर्को पल्ट आएर त्यहीँ थालमा भात त खानै पर्छ ।
अन्त्यमा बहुरिया नाटकबारे दर्शकलाई केही भन्नुछ ? तपाईंलाई अब हामीले कुन पर्दामा देख्न सक्छौं ?
माघ ८ गते बाट बहुरिया लागिरहेको छ । मण्डलाकै प्रोडक्सन हो । अनि त्यसमा म रचनात्मक निर्देशकको रुपमा काम गर्दैछु । राम्रो बन्या छ । आइदिनुहोला दर्शक नाटक हेर्न । यो एक किसिमको फरक जनराको छ । यो नाटकले पनि कतै न कतै सम्बन्धका कुराहरु भन्छन् । त्यो कुराहरुले दर्शकलाई मज्जा लाग्छ । मेरो अब आउने प्रोजेक्टमा मुभी एउटा रिलिज हुँदैछ ‘द वाइल्ड वुमन् फ्ल्लावर’। त्यसपछि २ वटा मुभी छ । त्यो चाहिँ स्क्रिप्ट मै काम भै रहको छ । सायद एउटा फ्लिम चाही फाल्गुनबाट जाँदैछौ चाँडै नै ।




