Harsamaya
प्रधानमन्त्रीले सदनमा जवाफ नदिए बैठक बहिस्कार गर्ने कांग्रेस सांसद केसीको चेतावनी
नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसी।

काठमाडौं - नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिएमा बैठक बहिस्कार गर्ने चेतावनी दिएका छन् ।

बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको तर्फबाट बोल्दै उनले प्रधानमन्त्री प्रधानमन्त्रीबाट एक पछि अर्को गरेर संसदीय परम्परा, मान्यता र त्यसका मूल्य पद्धतिहरूमाथि नै उहाँले उपेक्षा गर्ने काम भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीबाट एक पछि अर्को गरेर संसदीय परम्परा, मान्यता र त्यसका मूल्य पद्धतिहरूमाथि नै उहाँले उपेक्षा गरेको भन्ने आम रूपबाट हाम्रो धारणा हो । कुनैपनि कार्यक्रममा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनै पनि मन्त्रीले प्रधानमन्त्रीले टेबल गर्ने कुरा अर्का मन्त्रीले टेबल गर्ने हाम्रो परम्परा हो। अहिले प्रस्तुत मात्र गर्न मन्त्रीले गर्दा हामीलाई आपत्ति छैन् । तर जवाफको बेलामा पनि प्रधानमन्त्रीको अनुपस्थिति भयो भने बैठकमा हामी सहभागी हुन सक्दैनौं र हामीले बहिस्कार नै गर्नुपर्ने हुन्छ ।’

प्रकाशित मिति: बुधबार, वैशाख ३०, २०८३  १३:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update