Harsamaya
इन्द्रावतीका तीन वडामा रास्वपाको तदर्थ समिति गठन
इन्द्रावती गाउँपालिकाले संगठन विस्तारमा रास्वपा ।

सिन्धुपाल्चोक - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इन्द्रावती गाउँपालिकाले संगठन विस्तार अभियानलाई तीव्रता दिँदै आज इन्द्रावती गाउँपालिकाका वडा नं. ८, ९ र ११ मा संगठन विस्तार गर्दै तदर्थ समिति गठन गरेको छ।

रास्वपा इन्द्रावती सभापति उमेश अधिकारीका अनुसार पूर्वनिर्धारित कार्यक्रमअनुसार वडा नं. ११ र वडा नं. ८ मा भेला सफलतापूर्वक सम्पन्न भएको हो । यसैबीच, पूर्वयोजना नभए पनि वडा नं. ९ मा समेत भेला सम्पन्न गर्दै संगठन विस्तार गर्न सफल भएको उनले बताए।

तीन वटै वडामा गठन भएका तदर्थ समितिका पदाधिकारीहरूलाई बधाई दिँदै सभापति अधिकारीले नवगठित समितिले जनमुखी, प्रभावकारी र परिणाममुखी ढंगले जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उनले वडा नं. ८, ९ र ११ का सम्पूर्ण घन्टीप्रेमी, शुभेच्छुक तथा परिवर्तनका पक्षधरहरूलाई आजको भेलामा विभिन्न कारणले उपस्थित हुन नसकेकोमा दुःखी नहुन आग्रह गर्दै अहिले गठन भएको समिति प्रारम्भिक तदर्थ समिति मात्रै भएको स्पष्ट पारे।

“अब प्रत्येक वडामा अझ व्यापक, व्यवस्थित र सशक्त रूपमा वडा अधिवेशन सम्पन्न गर्दै संगठनलाई जनस्तरसम्म विस्तार गर्ने अभियानमा हामी अघि बढिरहेका छौं,” उनले भने। उनले आगामी दिनमा अझ सक्रिय, दृढ र उत्साहपूर्ण सहभागितासहित सबै मिलेर इन्द्रावती गाउँपालिकाको समुन्नत भविष्य निर्माणतर्फ अघि बढ्ने विश्वास व्यक्त गरे।

वडा नं. ११ तदर्थ समिति
बिरबल माझी (सभापति), शर्मिला माझी (उपसभापति), दिलबहादुर माझी (सचिव) सहित १३ सदस्यीय समिति गठन गरिएको छ।

वडा नं. ८ तदर्थ समिति

मङ्गले तामाङ (सभापति), कमल श्रेष्ठ (उपसभापति), सुमन तामाङ (सचिव) सहित ११ सदस्यीय समिति गठन गरिएको छ।

वडा नं. ९ तदर्थ समिति
राजु श्रेष्ठ (सभापति), प्रेमबहादुर तामाङ (उपसभापति), सुभाष तामाङ (सचिव) सहित ७ सदस्यीय समिति गठन गरिएको छ।

रास्वपाले गाउँपालिका स्तरदेखि वडा तहसम्म संगठन सुदृढ गर्दै स्थानीयस्तरमा आफ्नो उपस्थितिलाई थप मजबुत बनाउने अभियानलाई निरन्तरता दिएको जनाएको छ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  १९:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update