Harsamaya
मुख्यमन्त्रीले देखाएको शैली लोकतान्त्रिक संस्कारभन्दा षड्यन्त्रको अभ्यासजस्तो - मेयर शाही
कैलाली लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाही ।

काठमाडौं - कैलाली लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले जनताको सेवक बन्नुपर्ने पदमा बसेका मुख्यमन्त्री र उनका सहयोगीहरूले पछिल्लो समय देखाएको शैली लोकतान्त्रिक संस्कारभन्दा षड्यन्त्रको अभ्यासजस्तो देखिन थालेको बताएकी छन् । 

सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहप्रति यस्तो टिप्पणी गरेकी हुन् । उनले लुकेर रेकर्डिङ गर्ने, मुडभेटको वातावरण सिर्जना गरेर तनाव भड्काउन खोज्ने, नियम–कानुनलाई कुल्चेर एकलौटी ढंगले हस्तक्षेपकारी नीति लागू गर्ने प्रवृत्तिले सरकारको वास्तविक चरित्र उजागर गरेको आरोप लगाएकी छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मेयर शाहीले गैरकानुनी समिति बनाएर अस्पतालजस्तो संवेदनशील क्षेत्रभित्र ‘चोर शैलीमा’प्रवेश गर्नु सत्ता दम्भको चरम नमुना भएको टिप्पणी गरेकी छन् ।

‘जनताको करबाट चलेको सरकार नै कानुन मिच्दै हिंड्ने हो भने नागरिकले न्याय र सुशासन कहाँ खोज्ने ?’भन्दै उनले प्रश्न गरेकी छन् ।

मुख्यमन्त्रीको नेतृत्व क्षमता भन्दा पनि सत्ता जोगाउन जुनसुकै हद पार गर्न तयार कमजोर मानसिकता उक्त घटनाबाट छर्लङ्ग भएको उनको भनाइ छ । लोकतन्त्रको आवरण ओढेर अधिनायकवादी शैली अपनाउने प्रवृत्तिले अन्ततः जनताको विश्वास नभई अविश्वा र विरोध मात्र कमाउने उनको टिप्पणी छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update