Harsamaya
 सीके राउतले भने - सरकारविरुद्धको आन्दोलन मोफसलमा हैन सिंहदरबार र बालुवाटार केन्द्रित हुनुपर्छ
जनमत पार्टीका अध्यक्ष डा. सीके राउत ।

काठमाडौं - जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारविरुद्धको आन्दोलन मोफसलमा सीमित राखेर परिणाम ननिस्कने बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सिंहदरबार र बालुवाटार केन्द्रित आन्दोलन आवश्यक रहेको उल्लेख गरेका हुन् ।

राउतले संवेदनशील शासन व्यवस्थामा राज्यले जनताको दुःख, अभाव र पीडाप्रति चासो राख्नुपर्ने भए पनि वर्तमान शासक वर्ग जनताप्रति उदासीन बनेको आरोप लगाएका छन् । उनले घरबारविहीन बनाइएका बालबालिका भोक, पानी र अभावमा बाँच्न बाध्य हुँदा समेत राज्यले डोजर चलाएको घटनालाई ‘बहादुरी’का रूपमा प्रस्तुत गरिएको टिप्पणी गरेका छन् ।

उनले राजधानी बाहिर हुने आन्दोलन, बन्द वा प्रदर्शनले सरकारलाई कुनै प्रभाव नपार्ने दाबी गर्दै झापादेखि कञ्चनपुरसम्मका पीडित नागरिकलाई काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिन आव्हान गरेका छन् ।

राउतले वर्तमान अवस्थालाई ‘राज्यआतंक’ र ‘तानाशाही प्रवृत्ति’सँग जोड्दै त्यसलाई रोक्न राजधानीमै व्यापक जनदबाब आवश्यक रहेको बताएका छन् ।<

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update