निफ्राको हरित ऋणपत्रमा करिब ४ गुणा बढीले दिए आवेदन
बुधबार, जेठ २८, २०८२
७ वर्ष अवधि भएको र वार्षिक ६ प्रतिशतको दरले व्याज प्रदान गर्ने गरी निफ्राले जारी गरेको रु. ५ अर्बको हरित ऊर्जा ऋणपत्रमा उक्त आवेदन परेको हो । एनआइएमबि एस क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा जेठ १८ गतेदेखि निष्कासन सुरु भएको यस ऋणपत्र निष्कासनको कार्य जेठ २५ गते सम्पन्न भएको थियो
सिमरामा १३२ केभी सबस्टेशन निर्माण गर्न सेज र नेपाल विद्युत् प्राधिकरण बिच सम्झौता
बुधबार, जेठ २८, २०८२
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले सेज र प्राधिकरण बिच मंगलबार दरबारमार्गस्थित प्राधिकरणको कार्यालयमा यस्तो सम्झौता भएको जानकारी दिए । सेजमा स्थापना हुने उद्योगधन्दालाई लक्षित गरी त्यस क्षेत्रमा विद्युत् सेवा विस्तार गर्ने उद्देश्यले सब स्टेशन निर्माण गर्ने योजना अनुरूप दुई पक्ष बिच सम्झौता भएको उनले बताए ।
गर्मी बढ्दै गएपछि जनकपुरधामका विद्यालयहरु बन्द
बुधबार, जेठ २८, २०८२
केही दिन देखि लगातार बढ्दै गएको गर्मीका कारण जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्रका सबै सामुदायिक तथा निजी विद्यालयहरू दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । शिक्षा तथा खेलकुद विकास शाखाका प्रमुख धीरेन्द्र लाल कर्णले एक सूचना जारी गर्दै जेठ २९ र ३० गते विद्यालयमा पठनपाठन बन्द रहने उल्लेख गरेका...
एमाले सांसद दीपेन्द्र ठाकुरसहित १७ जनाविरुद्ध मुद्दा दायर, अस्पताल निर्माणमा भ्रष्टाचार गरेको आरोप
बुधबार, जेठ २८, २०८२
स्वास्थ्य मन्त्रालयको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत स्वीकृत अस्पताल निर्माण परियोजनामा सुरु देखि नै टेन्डर प्रक्रियामा अनियमितता गरिएको भन्दै अख्तियारले बोलपत्रमा नियतवश संशोधन गरी अन्य प्रतिस्पर्धीलाई हटाउने र मन पर्ने कम्पनीलाई ठेक्का दिने काम गरिएको आरोप पत्रमा उल्लेख गरिएको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको थोक मूल्य
बुधबार, जेठ २८, २०८२
समितिका अनुसार आज तरकारीतर्फ, गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा ठुलो (भारतीय) ११० रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ८० रुपैयाँ तोकिएको छ । टनेलको सानो गोलभेडाको मूल्य प्रतिकिलो १०० रुपैयाँ रहेको छ । आलु रातो प्रतिकिलो ४० रुपैयाँ, भारतीय आलु रातो ३५ रुपैयाँ, र मुडे आलु रातो ३८ रुपैयाँ...
शारीरिक सुगठन टोली आज भुटान जादैँ
बुधबार, जेठ २८, २०८२
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले १५ औँ दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा सहभागी हुने ५ खेलाडीसहित १० सदस्यीय टोलीलाई मंगलबार एक कार्यक्रमबिच बिदाइ गरेका हुन् ।
एण्टी–डोपिङ परीक्षणले खेलाडीहरूमा प्रारम्भिक टेस्टिकुलर क्यान्सर छिटो पत्ता लगाउँदै, जीवन जोगाउने माध्यम बन्ने
बुधबार, जेठ २८, २०८२
स्पोट्र्स मेडिसिन अस्ट्रेलियाको आधिकारिक पत्रिका जर्नल अफ साइन्स एण्ड मेडिसिन इन स्पोर्टमा प्रकाशित अध्ययन अनुसार, नियमित डोपिङ परीक्षणमा सहभागी खेलाडीहरूमा ह्युमन कोरियोनिक गोनाडोट्रोपिन ( एचसीजी ) नामक हर्मोनको स्तर असामान्य रूपमा वृद्धि भएको पाइयो—जुन सामान्य अवस्थामा पुरुषहरूमा नगण्य वा अलिकति मात्र पाइन्छ ।
विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि
बुधबार, जेठ २८, २०८२
राष्ट्र बैंकको उक्त प्रतिवेदनअनुसार चालू आवको १० महिनामा विप्रेषण आप्रवाह १३.२ प्रतिशतले वृद्धि भएर रु १३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.९ प्रतिशतले बढेको थियो ।चालु आवको वैशाखमा ६५ अर्ब ३० करोड विप्रेषणबाट भित्रिएको छ । अघिल्लो वर्षको वैशाखमा विप्रेषण आप्रवाह...
घरघरमा शुद्ध खानेपानी पुर्याउन सरकार प्रतिबद्ध छ :मन्त्री यादव
बुधबार, जेठ २८, २०८२
मन्त्री यादवले स्वामित्व हस्तान्तरणसँगै भद्रपुरका जनतालाई छिट्टै शुद्ध खानेपानीको व्यवस्था मिलाउने गरी काम गर्न मातहतका निकायलाई निर्देशन दिए । उनले देशभर शतप्रतिशत आधारभूत खानेपानी र ३७ प्रतिशत शुद्ध खानेपानीको पहुँच पुगेको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि आयोजना नरोकिने स्पष्ट पारे ।
मुलुकमा जताततै देखिने गरी केही भएको छ भने ‘त्यो भ्रष्टाचार हो’ : पूर्ण बस्नेत
बुधबार, जेठ २८, २०८२
भ्रष्टाचार नियन्त्रणका लागि मानिसको सोच, संस्कार र व्यवहारमा सुधार ल्याउनुपर्नेमा उनको जोड रहेको छ । भ्रष्टाचार मुलुकमा भयङ्कर डरलाग्दो रोगको रूपमा फैलिएको भन्दै बेलैमा सजग नभए यसले मुलुकलाई ठुलो दुर्घटनामा लैजान सक्ने उनको भनाइ छ ।
प्रतिनिधिसभाको बैठक बस्दै , यस्तो छ कार्यसूची
बुधबार, जेठ २८, २०८२
यही जेठ १३ गते देखी निरन्तर विपक्षी दलहरूको अवरोधका कारण बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुँदै आएको छ । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले लगातार संसद अवरुद्ध गर्दै आएका छन् । सहमतिको लागि पटक पटक दलहरूबिच वार्ता भए पनि कुनै निष्कर्ष निस्केको छैन ।
आज यी प्रदेशमा हुनेछ मेघगर्जन र चट्याङ सहित वर्षा
बुधबार, जेठ २८, २०८२
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको भइरहेको महाशाखाले जनाएको छ । महाशाखा अनुसार आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको...
आईसीसी क्रिकेट विश्वकप लिग २मा नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित
बुधबार, जेठ २८, २०८२
नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३९ रन दिएर ३ विकेट लिए । नन्दन यादवले ९ ओभरमा ३९ रन दिएर ३ विकेट लिए । ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले १-१ विकेट हात पारे । आरिफले सर्वाधिक ८४ रन बनाए । ८५ बल खेलेका उनले ७ चौका...
साताको लोकप्रिय

