पूर्वसभामुख र राष्ट्रियसभा अध्यक्षले फिर्ता गरे गाडी

काठमाडौं - पूर्व सभामुखहरु कृष्णबहादुर महरा, ओनसरी घर्ती र राष्ट्रियसभाका पूर्व अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानुनविपरीत सुविधा लिएको गाडी फिर्ता गरेका छन् । वर्तमान सरकारले कानुन विपरीत सवारी साधन सुविधा लिएका पूर्वविशिष्ट पदाधिकारीलाई फिर्ता गर्न सूचना जारी गरेपछि उनीहरूले गाडी फिर्ता गरेका हुन् ।
कानुनमा सवारी साधन सुविधा दिने प्रबन्ध नभएपछि उनीहरूले सुविधा लिइरहेका थिए । अर्थमन्त्रीले सामाजिक सञ्जालमार्फत उनीहरूले सुविधाका रूपमा लिँदै आएका सवारी फिर्ता भएको जानकारी आफूलाई भएको बताएका हुन् ।
प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२ १३:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय