Harsamaya
आज चार प्रदेशमा भारी वर्षा
सांकेतिक तस्वीर : हर समय/Har samaya

काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको समेत प्रभाव रहेको छ। देशभर साधरणतया बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार  कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको भइरहेको छ।

आज दिउँसो सबै प्रदेशमा साधरणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा, बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राती भने कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, र बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा लुम्बिनी प्रदेश थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

 

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  ०७:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update