Harsamaya
बाजुरामा एक महिला मृत फेला

बाजुरा - बाजुरामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको बुढीगंगा नगरपालिका वडा नं ६ स्थित  खोलामा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको हो ।

मृत फेला पर्नेमा बुढिगङ्गा नगरपालिका वडा नम्बर ५ निमनी बस्ने वीर बहादुर थापाकी ४५ बर्षकी श्रीमती ईश्वरी थापा रहेकी जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देव बहादुर चौधरीले बताए ।

उनका अनुसार,कालापानीको झुलुङ्गे पुल नजिकै उनको शव फेला परेको बताए । प्रहरीको टोली करिब पाँच बजे घटनास्थलमा पुगि ७ बजेतिर उक्त लास पोस्टमार्टमका लागी जिल्ला अस्पताल पठाइएको बताए ।

लास पोस्टमार्टम लागी अस्पताल बाजुराको शव गृहमा राखिएको प्रहरीले बताएको छ ।घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update