असोज १५ : दिनभर के के भए ?
बुधबार, असोज १५, २०८२
बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत सुजन कुमार वर्देवाले अन्नपूर्ण न्युरो अस्पतालमै पुगेर घाइते दिपेन्द्र बस्नेत लगायत अरू घाइतेहरूलाई परिचयपत्र वितरण गरेका हुन् ।
२ हजार ३ सय १६ जना घाईतेले गराए उपचार, हालसम्म ४९ जनाले गुमाए ज्यान
बुधबार, असोज १५, २०८२
अहिले पनि देशभरका विभिन्न १० वटा अस्पतालहरूमा जेनजी घाइतेहरू उपचाररत छन् । आन्दोलनमा घाइते भएकाहरूमध्ये ४९ जनाको मृत्यु भएको सरकारले जनाएको छ । हाल १० वटा अस्पतालमा ३८ जना घाइतेहरू उपचाररत छन् ।
खाँडादेवीमा बडादशैंको सरकारी पूजा सम्पन्न (भिडियोसहित)
बुधबार, असोज १५, २०८२
नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले खाँडादेवीसँग बल पुकारा मागेको र विजय प्राप्त गरेपछि खाँडादेवीको सिला तीन पटकसम्म दरबार लैजान खोज्दा पनि बिच बाटोबाट नै अलप भई खाँडादेवी आएपछि दरबारको तर्फबाट नै खाँडादेवीलाई बलि दिने प्रचलन चलाएको भनाइ रहेको छ ।
जेनजी आन्दोलनका घाइतेहरुलाई सरकारद्धारा घाइते परिचयपत्र वितरण
बुधबार, असोज १५, २०८२
दिपेन्द्रको परिचयपत्र उनकी पत्नी सँगीता बस्नेतले बुझेकी थिइन् । घाइते भएको २२ दिनपछि उनीहरूले घाइते परिचयपत्र पाएका हुन् । जेनजी आन्दोलनको पहिलो दिन– भदौ २३ गते प्रहरीको गोली लागेर ब्यारिकेडमा अडेस लागी बस्नेत ढलेका थिए । दैलेख घर भएका बस्नेतको हाल उपचार जारी छ ।
मन्त्री घिसिङले वीपी राजमार्गको निरीक्षण(भिडियोसहित)
बुधबार, असोज १५, २०८२
उनले चाडपर्वमा काठमाडौं आवतजावत गर्ने यात्रुहरुले सास्ती नभोग्न सहज ट्राफिक व्यवस्थापनको लागि अस्थायी रूपमा गरिने कार्यलाई चुस्त राख्दै स्थायी रूपमा भइरहेको राजमार्ग पुनः निर्माणको कार्यलाई छिटो सम्पन्न गर्न सम्बन्धित पक्षहरूलाई आग्रह गरे ।
महोत्तरीमा माटोको ढिस्कोले पुरिँदा चार जनाको मृत्यु
बुधबार, असोज १५, २०८२
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहका अनुसार मृतकहरूमा सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन् ।
दशैं मान्न मुम्बईबाट घर फर्किएका शिवमको हत्या
बुधबार, असोज १५, २०८२
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार दुई समूहबिचको झगडामा शिवम गम्भीर घाइते भएका थिए र अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जानकारी दिए ।
सारिका घिमिरे भन्छिन् : ‘दशैं संस्कृति हो, देखासिकी होइन’ (भिडियोसहित)
बुधबार, असोज १५, २०८२
सानो छँदा नयाँ लुगा पाउँदा जति खुसी लाग्थ्यो, त्यो आज यो सफलताको उचाइमा पुग्दा कहाँ आउँछ र ! दशैं आउँछ भनेर हप्तौँअगाडि नै लुगा किनेर राखिदिनुहुन्थ्यो । त्यो लुगा लगाएर गाउँभरि देखाउन जाने गर्थेँ ।
सडक सुरक्षामा खटिएका प्रहरीसँग अभद्र व्यवहार गर्ने पक्राउ
बुधबार, असोज १५, २०८२
उनले प्रहरीमाथि अपशब्द प्रयोग गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जाजरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु तीन जना घाइते
बुधबार, असोज १५, २०८२
घाइते वलीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही स्थानका रविन्द्र वली, हिरालाल कुमारी र दिपेश वली घाइते भएका छन् ।
राजदेवी मन्दिरमा १४ हजार ९ सय ३ बोकाको बलि प्रदान
बुधबार, असोज १५, २०८२
अष्टमीको राती राजदेवीमा बोका बलि दिने परम्परा छ । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए ।
राष्ट्रपति पौडेलले गरे नवकन्याहरूको पूजा
बुधबार, असोज १५, २०८२
राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान गरेका थिए । राष्ट्रपतिको सचिवालयका अनुसार बाल मन्दिर नक्सालमा रहेका नवकन्याको पूजा गरेका हुन् ।

