Harsamaya
जेनजी आन्दोलनका घाइतेहरुलाई  सरकारद्धारा घाइते परिचयपत्र वितरण

काठमाडौं -  गत भाद्र २३ र  २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरुलाई  सरकारले घाइते परिचयपत्र वितरण गरेको छ । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत सुजन कुमार वर्देवाले अन्नपूर्ण न्युरो अस्पतालमै पुगेर घाइते दिपेन्द्र बस्नेत लगायत अरू घाइतेहरूलाई परिचयपत्र वितरण गरेका हुन् ।

दिपेन्द्रको परिचयपत्र उनकी पत्नी सँगीता बस्नेतले बुझेकी थिइन् । घाइते भएको २२ दिनपछि उनीहरूले घाइते परिचयपत्र पाएका हुन् । जेनजी आन्दोलनको पहिलो दिन– भदौ २३ गते प्रहरीको गोली लागेर ब्यारिकेडमा अडेस लागी  बस्नेत ढलेका थिए ।  दैलेख घर भएका  बस्नेतको हाल  उपचार जारी छ । 

रोजगारीको सिलसिलामा काठमाडौंमा रहेका दैलेख भगवती माई गाउँपालिका–१ का २८ वर्षीय बस्नेतको टाउकोमा प्रहरीको गोली लागी गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएको थियो । हाल उनको सोही अस्पतालमा उपचार भइरहेको  छ ।

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update