२ हजार ३ सय १६ जना घाईतेले गराए उपचार, हालसम्म ४९ जनाले गुमाए ज्यान

काठमाडौं - सरकारले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका २ हजार ३ सय १६ जना घाइतेले स्वास्थ्य संस्थाहरूबाट उपचार लिएको जनाएको छ । सरकारी तथ्याङ्क अनुसार सुरुवातको समयमा देशभरका ८३ वटा अस्पतालले जेनजी आन्दोलनका घाइतेहरूको उपचार गरेको छ ।
अहिले पनि देशभरका विभिन्न १० वटा अस्पतालहरूमा जेनजी घाइतेहरू उपचाररत छन् । आन्दोलनमा घाइते भएकाहरूमध्ये ४९ जनाको मृत्यु भएको सरकारले जनाएको छ । हाल १० वटा अस्पतालमा ३८ जना घाइतेहरू उपचाररत छन् ।
१० वटा स्वास्थ्य संस्थाहरूमा अहिले पनि आन्दोलनका घाइते भएकाहरूको उपचार भइरहेको छ । हालसम्म २ हजार ३ सय १६ जना घाइतेहरूले स्वास्थ्य संस्थाहरूबाट उपचार लिएका सरकारी तथ्याङ्क छ ।
यस्तै २ हजार २ सय २९ जना डिस्चार्ज भएर घर फर्किसकेका छन् ।
प्रकाशित मिति: बुधबार, असोज १५, २०८२ २०:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय