जनकपुर - जनकपुरधामको राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ९ सय ३ वटा बोकाको बलि प्रदान भएको छ । हिजो राति महापूजा पश्चात सुरु भएको बोका बली कार्यक्रम बिहान ३ बजेर ५५ मिनेटमा समाप्त भएको थियो । बोका बलीका लागि चार वटा ठेका राखिएको थियो । यस वर्ष पनि नेपालका विभिन्न भागबाट भाकल पूरा भएकाहरू बोका चढाउन आएका थिए । भारतको सीमावर्ती क्षेत्रहरूबाट पनि श्रद्धालु भक्तजनहरु बोका चढाउन आएका थिए ।
अष्टमीको राती राजदेवीमा बोका बलि दिने परम्परा छ । स्थानीय महावीर युवा कमिटी, गणेश युवा कमिटी, राम युवा कमिटीले बोका बलिको व्यवस्थापन गरेका थिए ।
बलि दिन युवा कमिटीहरूले संयुक्त रूपमा उल्लेखनीय सङ्ख्यामा स्वयंसेवक परिचालन गरेका थिए । जनकपुरधाम गुठी संस्थानले यस वर्ष बलि प्रदानका लागि प्रतिबोका ३ सय रुपैयाँका दरले लिएको थियो ।

