Harsamaya
राष्ट्रपति  पौडेलले गरे नवकन्याहरूको पूजा
राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको नवौँ दिन नव कन्याहरूको पूजा।

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको महान् चाड बडा दसैँ (विजया दशमी) को नवौँ दिन बुधवार नवकन्याहरूको पूजा गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले महानवमीको शुभ दिनमा नवकन्याहरूको पूजा गरेका हुन् ।

राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर टीका लगाई उपहार प्रदान गरेका थिए । राष्ट्रपतिको सचिवालयका अनुसार बाल मन्दिर नक्सालमा रहेका नवकन्याको पूजा गरेका हुन् ।

दसैँ पर्वका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले नवकन्याको पूजा प्रत्येक वर्ष गर्ने प्रचलन रहेको छ । दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  १२:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update