अविरल इन्द्रावती क्रसर उद्योगबाट लाखौँको क्रसर बेल्ट चोरी, एक जना पक्राउ
आइतबार, असार ८, २०८२
उद्योगका सुपरभाइजर नरेन्द्र श्रेष्ठका अनुसार विगत केही दिनयता उद्योगबाट महत्त्वपूर्ण सामग्रीहरू हराउन थालेपछि खोजी गर्दा ठुलो परिमाणमा क्रसर बेल्ट चोरी भएको खुलेको हो।
प्रतिनिधिसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि छलफल जारी रहने
आइतबार, असार ८, २०८२
आजको बैठकमा युवा तथा खेलकुद मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयहरूबिच छलफल हुने सम्भावित कार्यसूची तय भएको छ ।
इरानका तीन आणविक साइटमा अमेरिकाद्वारा आक्रमण
आइतबार, असार ८, २०८२
ह्वाइट हाउसले ट्रम्पले शनिवार राति १० बजे (अमेरिकी समय) राष्ट्रलाई सम्बोधन गर्ने जानकारी टेलिभिजन नेटवर्कहरूलाई दिएको छ । यो हमला इजरायलले विगत एक सातादेखि इरानको हवाई रक्षा प्रणाली, आक्रामक मिसाइल क्षमता र परमाणु संवर्द्धन सुविधाहरूलाई नष्ट गर्ने क्रममा गरेको हमलापछि भएको हो ।
देशभर मनसुनी वायुको प्रभाव , यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आइतबार, असार ८, २०८२
कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेशका अन्य थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा समेत हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
सम्बन्ध विच्छेद: संकट कि सम्भावना?
आइतबार, असार ८, २०८२
अब समय आएको छ सम्बन्ध विच्छेदलाई केवल विखण्डनको दृष्टिले नभई नयाँ सुरुवातको रूपमा पनि हेर्ने । यो सन्दर्भमा बालबालिका केन्द्रमा रहेर नीतिहरू बनाउन, मनोवैज्ञानिक सल्लाह तथा परामर्श पहुँचयोग्य गराउन र सामाजिक समर्थन सञ्जाल बलियो बनाउन जरुरी छ ।
देशका स्रष्टाहरू गरिब भए भने देश पनि गरिब हुन्छ : रमेश कोइराला (भिडियोसहित)
आइतबार, असार ८, २०८२
जुन संस्थाले स्रष्टालाई रोयल्टी दिन्छ त्यो संस्था पनि आफूमा विकसित हुनुपर्छ । संस्थामा रहेका मान्छेप्रति समेत वफादारिता हुन आवश्यक छ । संस्थाले कुनै गलत काम गर्यो भने चाहिँ त्यसलाई कारबाही गर्न सक्ने कानुनमा तागत हुनुपर्छ । यस्ता सबै कुरा हुन सक्यो भने मात्रै स्रष्टाले राम्रो रोयल्टी पाउन सक्छन् ।
अमेरिकी डलर, युरो लगायत विदेशी मुद्राको भाउ स्थिर, यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
आइतबार, असार ८, २०८२
यसैगरी आज युरोपियन युरो आज एकको खरिददर १५९ रूपियाँ२० पैसा र बिक्रीदर १५९ रूपियाँ ८९ पैसा, पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रूपियाँ ५१ पैसा र बिक्रीदर १८७ रूपियाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६९ रूपियाँ ०७ पैसा र बिक्रीदर १६९ रूपियाँ ८० पैसा,अस्ट्रेलियन डलर एकको खरिददर ८९ रूपियाँ ६४...
आजको राशिफल: मेषको वैदेशिक यात्राको योग, वृषको व्यावसायिक अल्झन र कुम्भको प्रेममा सफलता
आइतबार, असार ८, २०८२
रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । साहित्यिक क्षेत्रमा प्रगति हुनेछ । अनावश्यक चिन्ता बढ्नेछ। मनग्य आम्दानी हुनेछ । कसैले तपाईँलाई एउटा अचानु बनाउने प्रयास गर्न सक्छ, ध्यान दिनुहोस्। तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ। दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। थोरै लगानीबाट मनग्गे नाफा उठाउन सकिनेछ।
प्रजातान्त्रिक आन्दोलनमा मंगलादेवीलाई बिर्सन सकिँदैन : मन्त्री सिंह [भिडियो]
शनिबार, असार ७, २०८२
यस्तै, उनले मंगलादेवीले महिलाहरूलाई मत हाल्ने अधिकार मात्र होइन, पैत्रिक सम्पत्तिमा पनि महिलाहरूको अधिकार छोरा सरह हुनुपर्छ भन्ने कुरालाई लिएर पनि सामाजिक, राजनीतिक आन्दोलनलाई नेतृत्व गरेको इतिहास रहेको पनि बताए ।
मन्त्री यादवको दाबी - काठमाडौं उपत्यकामा २४सैं घण्टा स्वच्छ र सुरक्षित खानेपानी आउँछ
शनिबार, असार ७, २०८२
कार्यक्रममा बागमती प्रदेश खानेपानी तथा सिचाँईमन्त्री श्यामबहादुर खड्का, बुढानीलकण्ठ नगरपालिका नगरप्रमुख मीठाराम अधिकारी, उपप्रमुख अनिता लामा, वडा नं ४ का वडाअध्यक्ष राम केशी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, भ्याली बोर्डका प्रमुख डा संजिवविक्रम राणालगायतको सहभागिता रहेको थियो ।
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
शनिबार, असार ७, २०८२
घटनामा मोटरसाइकलमा सवार सम्मरीमाई गाउँपालिका ५ बस्ने २० वर्षीय समीर खान र कोटहीमाई गाउँपालिका ७ बस्ने १८ वर्षीय शिवनाथ ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ।
‘ब्रिटिस गोर्खा सैनिकको माग र नेपाली नागरिकताको निरन्तरता स्वभाविक छ’ [भिडियो]
शनिबार, असार ७, २०८२
उनले भने, ‘नागरिकता भन्ने विषयमा नेपालमा बुझाइको अलपदा छ । एउटा गहिराइमा गएर कुनैपनि चीजलाई बुझ्ने विश्वको पछिल्लो प्रवृत्तिसँग आत्मसात गर्ने र त्यसअनुसार आफ्नो पहिचान मिलाउने कुरामा सधैं चुकेका छौं । अब यो ब्रिटिस गोर्खा सैनिकहरूले नेपाली नागरिकताको निरन्तरता पाउनुपर्छ भन्ने विषयलाई सच्याउनुको निम्ती सबैले आत्मसात गरौं ।’
कृष महर्जन बने ‘फस्ट मिस्टर महानगर बडिबिल्डिङ च्याम्पियनसिप’ [भिडियो]
शनिबार, असार ७, २०८२
उनले भने, ‘हामीले हाम्रो देशको स्वास्थ्य नीतिमा निरोगी नेपालको नीति लिएका छौं । स्वास्थ्य नीतिको मूल नीति नै यही हो । निरोगी नेपाल भनेको अस्पताल गएर निरोगी हुने भन्दा पनि व्यक्तिलाई निरोगी बनाउने नीति हो । निरोगी नेपाल बनाउनको लागि सरकारले एउटा खेल विशेषमा मात्र ध्यान दिएको होइन । हरेक...
साताको लोकप्रिय

