Harsamaya
ओलीले बैठकमा उठेका जिज्ञासाको जवाफ दिएर आज एमाले बैठक समापन गर्दै
नेकपा एमालेको केन्द्रीय समितिको बैठक ।

काठमाडौं - नेकपा एमालेको केन्द्रीय समितिको बैठक शुक्रबार पनि बस्दैछ । बैठकको तेस्रो दिन आज बोल्न बाँकी रहेका केन्द्रीय सदस्य र पदाधिकारीहरूले आफ्ना धारणा राखेपछि सकिने बताइएको छ । 

प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बोल्न बाँकी रहेका केन्द्रीय सदस्यसँगै पोलिटब्यूरो, स्थायी कमिटी र पदाधिकारीहरूले आफ्ना धारणा राख्नेछन् भने अन्त्यमा, अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय सदस्यहरूबाट आएका जिज्ञासाको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नेछन् ।  

बैठकमा अध्यक्ष ओलीको प्रस्तुत गरेका विशेष प्रस्तावमा केन्द्रीय सदस्यहरूले दिएका सुझाव,वर्तमान राजनीतिक परिस्थिति,घोषित निर्वाचन र पार्टीको आगामी बाटो र पार्टीका नेता कार्यकर्ताहरूको भूमिका आदिका बारेमा निर्देशन दिने गौतमले बताए । 

बैठक ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा तीन दिनदेखि जारी छ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिको छलफल गर्नका लागि एमालेको विशेष बैठक बसेको हो । 
 

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update