Harsamaya
हुतराज–अर्धचन्द्र जनहितकारी संस्थाद्वारा बाढीपीडितका लागि दुई लाख ५१ हजार सहयोग
रसुवा बाढी ।

काठमाडौं - रसुवा, नुवाकोट र धादिङमा बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि हुतराज–अर्धचन्द्र जनहितकारी संस्था, मेलम्ची सिन्धुपाल्चोकले दुई लाख ५१ हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

संस्थाले आज नेपाल बैंक लिमिटेडको चाबहिल शाखामा रहेको प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको खातामा उक्त रकम जम्मा गरेको जनाएको छ।

बाढीबाट भएको ठूलो धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै संस्थाले मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ।

स्वर्गीय हुतराज पाण्डे र स्वर्गीय अर्धचन्द्र पाण्डेको स्मृतिमा उहाँहरूका सन्ततिले २०६८ सालमा स्थापना गरेको संस्थाले शिक्षा तथा विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको जनाएको छ।

संस्थाका अनुसार स्वर्गीय पाण्डे परिवारले मेलम्चीस्थित इन्द्रेश्वरी माध्यमिक विद्यालयलाई करिब तीन रोपनी जग्गासमेत दान गरेका थिए।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update