Harsamaya
सुनको मूल्य एकैदिन सात हजार बढी बढ्यो
सांकेतिक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - सुनको मूल्य एकैदिन सात हजार १०० ले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५८ हजारमा कारोबार भइरहेको छ । 

 बिहीबार सुन २ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी आज ७५ रुपैयाँले बढेर ३३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार ३२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update