महाकुंभ मेलामा लाखौँ तीर्थयात्री र कल्पवासीको आगमन
शुक्रबार, माघ ४, २०८१
उत्तरप्रदेश सरकारले जारी गरिएको आधिकारिक तथ्यांक अनुसार शुक्रबार दिउँसो ४ बजे सम्म १७ लाख ८० हजार भन्दा बढी तीर्थयात्री र १० लाख कल्पवासीले महाकुंभ मेलाको भ्रमण गरेका छन् ।
धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने
शुक्रबार, माघ ४, २०८१
धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ ।
गो ड्रिमर्सको आयोजनामा माघ १९ गतेदेखि २८ सम्म अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
वरिष्ठ अधिवक्तामाथि कुटपिट गर्ने पक्राउ
शुक्रबार, माघ ४, २०८१
वरिष्ठ अधिवक्ता दिनेशकुमार त्रिपाठीमाथि कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।
काठमाडौँ प्रहरीले यही माघ २ गते काठमाडौँ जिल्ला अदालत अगाडि सडक पार गर्ने क्रममा उहाँमाथि आक्रमण गर्ने दोलखाको तामाकोशी गाउँपालिका–१ का ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरेको हो ।
भारतको तमिलनाडुमा साँढे जुधाई क्रममा सात जनाको मृत्यु, ४०० घाइते
शुक्रबार, माघ ४, २०८१
दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात् साँढे जुधाई प्रतियोगिता क्रममा कम्तीमा सात व्यक्तिहरू मारिएका र अन्य ४०० भन्दा बढी घाइते भएका छन् ।
दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा बिहीबार मृत्यु र घाइते भएका छन् ।
प्रधानमन्त्री कप क्रिकेट : लुम्बिनीद्वारा गण्डकी पराजित
शुक्रबार, माघ ४, २०८१
प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले गण्डकीलाई ६ विकेटले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।
कृषिकर्मबाट वार्षिक १० लाख आम्दानी
शुक्रबार, माघ ४, २०८१
घोराही उपमहानगरपालिका–१९ रालबाङका नोटबहादुर रोका विगत चार वर्षदेखि कृषि कर्ममा रमाइरहेका छन् । यही पेसाबाट उनले वार्षिक १० आम्दानी गर्दै आएका हुन् ।
अहिले गोलभेँडा, अकबरे खुर्सानीलगायत तरकारीको व्यावसायिक खेती गर्दै आएका ३८ वर्षीय रोकाले २० वटा बङ्गुर पनि पालेको बताए । उनले एक बिघामा तरकारीखेती गरिरहेको भन्दै यसबाट प्रशस्त...
हुम्लामा हिउँ पन्छाएर हवाई सेवा सञ्चालन
शुक्रबार, माघ ४, २०८१
हिउँ पन्छाएर यहाँको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ ।
विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चालन गरिएको सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहले बताए ।
यातायात कार्यालय धनगढीद्वारा ३६ करोड राजस्व संकलन
शुक्रबार, माघ ४, २०८१
यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म रु ३६ करोड बढी राजस्व संकलन गरेको छ । कार्यालयले चालु आवको पुस मसान्तसम्म विभिन्न शीर्षकबाट रु ३६ करोड ९९ लाख ९१ हजार छ सय ९५ राजस्व संकलन गरेको हो ।
कालीगण्डकी दोहनविरूद्ध सृजनात्मक प्रतिरोध
शुक्रबार, माघ ४, २०८१
कहिले कविता त कहिले गीतमार्फत, कहिले नदीका शिलालाई भगवान्का नाम दिएर त कहिले नदी किनारमा पैदलयात्रा गरेर, ‘कालीगण्डकी बचाऔँ अभियान’ले कालीगण्डकी नदी दोहनविरूद्धको आफ्नो सृजनात्मक प्रतिरोधलाई जारी राखेको छ ।
तीन वर्षअघि कालीगण्डकी संरक्षणका पक्षमा कविता शृङ्खला ‘नदी सप्तक’ सञ्चालन गरेको उक्त अभियानले गत जेठमा श्रीकृष्ण मोहिनी एकादशी तिथि पारेर...
रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको तयारी
शुक्रबार, माघ ४, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध चितवनमा अर्को ठगी मुद्दाको तयारी गरिएको छ।
चितवन प्रहरीले सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा रवि लामिछानेसहित ३१ व्यक्ति र ७ कम्पनीविरुद्ध पूरक प्रतिवेदन तयार पारी जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
माधव नेपालबाहेक समाजवादीका सबैलाई एमालेमा स्वागत छः शंकर पोखरेल
शुक्रबार, माघ ४, २०८१
नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट अलगिएर जीवनको सबैभन्दा ठूलो भुल गरेको बताएका छन् ।
प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिम ‘सुपर फोर’मा
शुक्रबार, माघ ४, २०८१
प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विजयी हुँदै सुदूरपश्चिम प्रदेश ‘सुपर फोर’मा प्रवेश गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशमाथि १० विकेटको जीत निकालेको हो ।
६ महिनामा एक लाख बढीले घुमे निकुञ्ज
शुक्रबार, माघ ४, २०८१
चालु आर्थिक वर्ष २०८१/८२ को ६ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा एक लाख १० हजार तीन सय ४५ पर्यटकले अवलोकन भ्रमण गरेका छन् । भ्रमण गर्नेमा सबैभन्दा बढी आन्तरिक पर्यटक रहेका छन् ।
साताको लोकप्रिय

