Harsamaya
चिकित्सकहरुको सीप परीक्षण गर्ने एमआरसिपी युके पेसेस परीक्षा मेडिसिटीमा सम्पन्न
नेपाल मोडिसिटी अस्पतालका डा.निरज जोशी ।

काठमाडौं - विश्वभर मान्यता दिइने चिकित्सकहरूको सीप तथा ज्ञानको परीक्षण गर्ने एमआरसिपी युके पेसेस परीक्षा नेपालमा चौथो पटक नेपाल मेडिसिटीमा सम्पन्न भएको छ ।

असोज २८ गतेबाट सुरु भएको परीक्षा (आज) असोज ३० गते सम्पन्न भएको हो । एमआरसिपी युके पेसेस चिकित्सकहरूको लागि विश्वव्यापी रूपमा मान्यता प्राप्त भएकोले प्रशिक्षार्थी चिकित्सकले आफ्ना बिरामीहरूलाई उत्कृष्ट योग्य चिकित्सकको रूपमा सेवा गर्न उपयुक्त ज्ञान, सीप र मनोवृत्ति हासिल गरेको नेपाल मोडिसिटी अस्पतालका डा.निरज जोशीले बताए ।

यस पटकको परीक्षामा नेपाली परीक्षक १५ जना सहभागी रहेको भन्दै उनले यस्ता तालिम र परीक्षा निरन्तर हुन आवश्यक रहेको बताए ।

‘यस पटक नेपाली १५ जना परीक्षामा सहभागी छौ । यसमा नेपाल मोडिसिटी हस्पिटलका ५/६ जना छन् भने अरु अन्य हस्पिटलबाट आउनु भएको छ । उहाँहरू सबै जना तालिम पाएर परीक्षामा सहभागी भएका हुन् । मेरो विचारमा यसलाई निरन्तर दिनु आवश्यक छ । हाम्रो तालिम अन्तर्राष्ट्रिय रुपको हुन जरुरी छ । हामीले बढी सैद्धान्तिक भन्दा प्रयोगात्मक रूपमा ल्याउन जरुरी छ,’ उनले भने । 

सन् २०२४ देखि नेपालका लागि नेपाल मेडिसिटीले निरन्तर रूपमा परीक्षा केन्द्रका रूपमा परीक्षा सञ्चालन गर्दै आएको छ । यो परीक्षामा उत्तीर्ण भएका चिकित्सकहरूले एमआरसिपी युकेबाट अनुमति पाएका जुनै सुकै अस्पतालमा काम गर्न सक्दछन् ।

यस वर्ष नेपालसहित परीक्षामा सहभागी हुन बङ्गलादेश, भारत, बेलायत, म्यानमार, ब्रुनाई र मालदिभ्सबाट ४६ जना प्ररीक्षार्थीहरु आएका थिए ।

त्यस्तै, परीक्षा सञ्चालन गर्न बेलायतबाट पाँच जना र नेपालबाटै १५ जना परीक्षकको उपस्थिति रहेको थियो । डा. डेभिड ब्ल्याक, डा. एलिनोर ग्रोगन, डा. अर्थर डकं, डा. क्याट्या एडि र डा. काथिर योगनाथन बेलायतबाट परीक्षा निरीक्षणका लागि रोयल कलेज अफ फिजिसियनस् अफ एडिनबर्ग, रोयल कलेज अफ फिजिसियनस् एण्ड सर्जनस् अफ ग्लासगो र रोयल कलेज अफ फिजिसियन लण्डनबाट आएका हुन् ।

नेपालबाट परीक्षाका निरीक्षक तथा नेपाल मेडिसिटीका डा.निरज जोशी, डा. धिरज मानन्धर, डा. अर्पना न्यौपाने, डा. सञ्जित कृष्ण श्रेष्ठ र डा. लक्की शर्मा, नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरबाट डा. सुदिप श्रेष्ठ, ह्याम्स अस्पतालबाट डा. रक्षा पाण्डे, नर्भिक अस्पतालबाट डा. यादव के. डि भट्ट, चितवन मेडिकल कलेजबाट डा. सितल अधिकारी, आइओएमबाट डा. महेशराज सिग्देल, ओम अस्पतालबाट डा. रविन्द्र श्रेष्ठ, नेपाल मेडिकल कलेजबाट डा. प्रवीण अधिकारी पाटन अस्पतालबाट डा. युवराज शर्मा र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रबाट डा. अरुण मास्के परीक्षकका रूपमा सहभागी भएका थिए ।

 

प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update