Harsamaya

सुर्खेत - रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका चार जना माटोको ढिस्कोले पुरिएर घाइते भएका छन् ।

घर पोत्ने माटो लिन जाजरकोट नलगाड नगरपालिका–७ दल्ली नजिकै खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर उनीहरू पुरिएका हुन् ।

घाइते चारै जनाको स्थानीय नगर अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले प्राथमिक उपचारपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको आठबिसकोट नगरपालिकाका प्रमुख डम्बर रावतले जानकारी दिए ।

घर पोत्ने माटो खन्न गएका उनीहरू एकै पटक ढिस्कोमा पुरिएपछि घाइते भएका हुन् ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १८, २०८३  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update